जिफन्ट काठमाडौँको अध्यक्षमा चौलागाईं

काठमाडौ, २१ असोज । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) काठमाडौँ जिल्लाको अध्यक्षमा अर्जुन चौलागाईं निर्वाचित भएका छन् । जिल्लाको दोस्रो अधिवेशनले उनलाई तीन वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

त्यसैगरी, उपाध्यक्षमा धनेन्द्र महत, सचिव राजकुमार रिमाल, सह–सचिव नन्दकुमारी ढकाललाई निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा कृष्णगोपाल महर्जन, विदुर दानी, उर्मिला रानाभाट, तीर्थ थापा लामा, सरिता कार्की र महेश प्याकुरेल चयन भए । कार्यसमितिले पाँचजना सदस्यलाई पछि मनोनीत गर्नेछ । जिफन्टको काठमाडौँ जिल्लाअन्तर्गत २ सय ९३ प्रतिष्ठान स्तरका कमिटी क्रियाशील रहेका छन् ।
विभिन्न उद्योग तथा कलकारखाना र रोजगारीका क्षेत्रमा कार्यरत श्रमिक तथा मजदुरको हकहित र अधिकार संरक्षणका लागि सक्रिय रहेको सो महासंघले विभिन्न व्यवसाय, पेन्टर, फर्निचर र फलामलगायत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि पेसाअनुसारको संगठन निर्माण गरी उनीहरूलाई संगठित गरी लैजाने गृहकार्य गरिरहेको छ ।
नवनिर्वाचित अध्यक्ष चौलागाईंले श्रमिकको ज्याला वृद्धि गर्न पहल गर्ने र स्वास्थ्य बिमालगायत सामाजिक सुरक्षालाई संरक्षण गरी राज्य व्यवस्थालाई समाजवादतर्फ उन्मुख गराउन भूमिका निर्वाह गर्ने
बताए । (सौस)

प्रतिक्रिया