पश्चिमको आँखामा पूर्वको आकर्षण : अमेरिकी दृष्टिकोण

मानिसहरू बुझाइको स्वरूपलाई विस्तृत वर्गीकरण गर्न मन पराउँछन् । यो प्रवृत्तिसित जोडिएको समस्या, र यस सम्बन्धमा केही निष्कर्ष निकाल्ने आशा गरिएको प्रस्तुत सम्मेलनले लिएको एक उद्देश्य पनि के हो भने यस किसिमको विस्तृत वर्गीकृत विभाजन उत्तिकै खतरनाक हुन सक्छ, अझ खासगरी त्यतिबेला जतिखेर यिनले कुनै खास वर्गीकरणभित्रका स्वभाव र विशेषताहरू सम्बन्धमा कुनै कार्य–जिम्मेवारी सुम्पिदा त्यसले सम्बन्धित मानिसहरूलाई गलत ढंगले निर्देशित गरिरहेका हुन्छन् । ‘पश्चिम’ भन्ने यस्तै एउटा वर्गीकरण हो । जसरी एसियाले आ–आफ्नै आस्था, विश्वास र संस्कार भएका बहुसंख्यक देशहरूको प्रतिनिधित्व गर्दछ, ठीक त्यसैगरी, पश्चिमका सिमानाहरूलाई पनि आफ्नै ढंगले परिभाषित गरिएको छ । पश्चिम भन्नाले विशषगरी युरोप, संयुक्त राज्य अमेरिका र क्यानाडालाई औँल्याइन्छ । गैर–एसियाली देशहरू ‘पूर्व’ भन्ने विस्तृत वर्गीकरणले गर्दा जसरी एसियाली संस्कृतिहरूलाई एक ठाउँ राखेर हेर्ने गल्ती गर्छन्, प्रस्तुत कार्यपत्रले पछिल्ला दुई सय वर्षदेखि पूर्वप्रति रहेको खास अमेरिकी आकर्षणको परिचय दिनेछ ।
अमेरिकी चेतनप्रवाहमा पूर्वेली प्रभाव दार्शनिक/लेखक राल्फ वाल्डो एमर्सन र हेनरी डेभिड थोरोका हिन्दू र बौद्ध विचारधाराहरूमा प्रकट भएका चासोहरूले गर्दा विकसित भएको हो । खासगरी, उनीहरूले वैदिक साहित्य अध्ययन गरे, त्यसलाई स्वच्छन्दतावाद र इमयानुएल कान्टको लेखनसित जोडे र अमेरिकी आदर्शवादी साहित्य आन्दोलनको थालनी गरे, जसको प्रत्यक्ष प्रभाव कवि वाल्ट विट्म्यानसमेत अन्य अनेक व्यक्तित्वमा पर्न गयो । अमेरिकी विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरू समान रूपले एमर्सन, थोरो र बिट्म्यान (अन्य लेखक–कविहरूसमेत) पढ्छन्, यसको सोझो प्रभाव पूर्वेली विचारहरूले अमेरिकी युवा मस्तिष्कलाई अप्रत्यक्ष तवरले प्रभावित गरिरहेका हुन्छन् । एमर्सन र थोरोको के विश्वास थियो भने मार्गदर्शनका लागि धार्मिक ग्रन्थहरूमाथि भर नपरीकन र अन्तज्र्ञानबमोजिम काम नगरीकन, मानवजातिले त्यो आदर्श आध्यात्मिक अवस्था हासिल गर्न सक्दैन जसले सुपरिवेक्षण र अनुभवबाट आर्जित भौतिक सत्ता र ज्ञानलाई परमसत्तामा रूपान्तरित गर्दछ । आफूभित्रको आत्मामा विश्वास हुनु सबैभन्दा ठूलो कुरा हो र अन्तरआत्माको प्रकृतिसितको मिलन आदर्शवादका उद्देश्यहरूमध्ये एक हो ।
अमेरिकी दृश्यमान कला –भिजुअल आटर््समा पूर्वेली प्रभाव खासगरी सन् १८५३ मा जापानले आफ्नो बन्द–द्वार नीति अन्त्य गरेपश्चात् जापान र चीन जस्ता देशहरूबाट युरोप र संयुक्त राज्य अमेरिकामा ती देशका कला एवं संस्कृतिहरू भित्रिन थालेपछि थपबढ्दै जान थालेको हो । तमाम पक्षहरूसहितको यो आकर्षणले जापान (अथवा एसियाली) क्रमश: फ्रेन्च शब्द ज्यापोनिज्मे(व्बउयलष्कmभ) भनेर धेरै चिनिन थाल्यो, त्यो फ्रेन्च शब्दलाई अंग्रेजी कला इतिहासमा समावेश गरियो र कला वा कलाकार समूहहरूमा प्रदर्शनका रूपमा प्रयोग गर्न थालियो । काठको ब्लक बनाई छापिने जापानी युकियो–ए, अर्थात् ‘तैरिँदो विश्व’ कलाले प्रभाववादी (इम्प्रेसनिस्ट) एवं उत्तर–प्रभाववादी (पोस्ट–इम्प्रेसनिस्ट) कलाकारहरूलाई आ–आफ्ना कला सिर्जनाहरूमा फरकफरक औपचारिक दृष्टिकोणहरू सूत्रपात् गर्न प्रेरित गर्‍यो, पुन: कालान्तरमा यसले पश्चिममा पहिलेदेखि नै फस्टाउँदो आधुनिकतावादी कला आन्दोलनको विकासमा उल्लेखनीय योगदान दियो । एसियाली निर्माण वा उत्पादनहरूको प्रशंसा, सतही नै भए पनि, गर्ने नयाँ प्रवृत्तिले एसियाप्रति भावी चासो बढाउने बाटो प्रशस्त गर्‍यो । यो प्रवृत्ति अमेरिकाको कठोर व्यक्तिवाद र स्व–विकासको भावनासित एकाकार भएपछि यसले बीसौँ र एक्काइसौँ शताब्दीका कलाकारहरूलाई हिन्दूवाद र अझ खासगरी बौद्ध धर्मका चार सम्यक् सत्य तथा दु:ख र पीडाबाट मोक्ष पाई निर्वाण हासिल गर्नेसम्बन्धी अष्टज्ञान अगाल्न सम्भव तुल्यायो । एसियाली दर्शनहरूमा सत्यको चरित्र विशेषप्रति प्रश्न उठाइएको हुन्छ, त्यसकारण वस्तु र दर्शक (अथवा, ग्रहणकर्ता)बीच स्पष्ट विभाजन हुन्छ । बुद्धवादी क्षणभंगुरताको विचारले बीसौँ शताब्दीको अन्त्यतिरका अनेक कलाकारका साथै समकालीन अवधारणागत सिर्जनावादी कलाकारहरूलाई फगत वस्तु सिर्जनाको तहबाट पृथक् रहन प्रेरित गर्दै आयो । सन् १९७० दशक र त्यसपछिका परम्परावादी कलाकारहरूले आफ्ना कलासिर्जनालाई प्रकृतिभित्रै हराउन दिए । प्रक्रिया–उन्मुख कलाकारहरूले एक क्षणपछि अर्को क्षणमा आफ्नो कला साधनाको सुपरिवेक्षण गर्ने उद्देश्यका साथ वैचारिक अवधारणालाई अँगाले । ती अनेक अमेरिकन कलाकारहरू जसले पूर्वबाट ग्रहण गरेर आफ्नो सिर्जनामा समाहित गरेका छन्, पछिल्ला केही वर्षदेखि अमेरिकामा भएका अनेकौँ महत्त्वपूर्ण कला प्रदर्शनीहरूमा दस्तावेजीकृत भएका छन्, र यो प्रवृत्तिले निरन्तरता पाउने बलियो सम्भावना छ ।
पूर्वेली सिद्धान्तहरूलाई अमेरिकी कला जगतमा नयाँ किसिमले प्रयोग गरियो र अरूलाई आफूमा समाहित गर्ने विशिष्ट अमेरिकी परम्परा (युएस मेल्टिङ पट ट्र्याडिसन) अनुरूप यो प्रवृत्ति निरन्तर जारी छ । गोलाद्र्धवादको विचारलाई अँगालिएकोले अमेरिकी कलाको सांस्कृतिक प्रभाव विश्वका धेरै भागहरूसम्म विस्तारित भएको छ । यसो भए तापनि यो विरोधीमूलक सांस्कृतिक (क्रस–कल्चरल) प्रभाव आफँैमा भने नयाँ होइन । हामी गोलाद्र्धवादबारे यसरी गर्छौँ मानौँ हामीले समकालीन जीवनबारे कुनै महत्त्वपूर्ण आविष्कार नै गरेका छौँ । गोलाद्र्धवादका उत्साहप्रद र कठिन पक्षहरूमध्ये एक हो– सिर्जनात्मक अन्तररमिश्रण, जुन, परम्पराहरू जडविहीन भएर नयाँ र फरक सन्दर्भमा फेरि जरा गाड्न सुरु गरिरहेको बेला देखिने गर्दछ । यद्यपि, पश्चिमले, हामी अमेरिकनहरूले भन्ने गरेको ‘पूर्वेली दृष्टिकोण’बारे कल्पना पनि गर्‍यो र अझ धेरै त आविष्कार नै पनि गर्‍यो, यी आविष्कृत दृष्टिकोणहरू राष्ट्र र संस्कृतिहरूको विस्तृत वर्गीकरणको एक हिस्साको रूपमा सर्वत्र देखा परिरहेका हुन्छन् । जस्तो कि जापानी अमेरिकी कलाकार योको ओनोले भन्ने गरेका छन्, ‘मलाई लाग्छ, एसिया पश्चिमी जीवनका लागि अझैसम्म पनि एक रहस्यमय तन्तु नै छ, र यो अवस्था रहनु एक हदसम्म ठीकै पनि हो ।’
नेपाली रूपान्तर : जयदेव गौतम

प्रतिक्रिया