हत्याका चार आरोपीहरु पक्राउ

hatya 2दोलखा, १९ असोज । हत्या अभियोगमा दोलखा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आलम्पु–९ बस्ने ४८ बर्षीय मञ्जीत थामी, ४२ बर्षीय सन्ते थामी, २३ बर्षीय तिर्थ थामी र २५ बर्षीय पुस्कर थामी रहेको प्रहरीले जनाएको छ । उनीहरुले असोज १२ गते बिगु गाविस वडा नम्वर सातका २४ वर्षीय थुर निमा शेर्पालाई हत्या गरेका थिए ।
बिगु–७ घर भएका शेर्पा चाइना बजारमा चौरीको घ्यु बिक्री गरी फर्कने क्रममा चाइना र नेपालको सीमाना सागा­छो भन्ने स्थानमा हत्या भएको थियो । सामान्य विवाद पछि शेर्पाको हत्या भएको प्रहरी भनाई छ ।

प्रतिक्रिया