पूर्व प्रधानमन्त्री थापा अस्पताल भर्ना

Surya bd Thapaकाठमाडौं, १९ असोज । पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा अस्पताल भर्ना भएका छन् ।
नसासम्बन्धी समस्या देखिएपछि अध्यक्ष थापालाई आज (शनिबार) न्यूरो अस्पताल बांसबारीमा भर्ना गरिएको राप्रपा प्रचार विभागका सह–संयोजक किरण गिरीले जानकारी दिए । ‘अध्यक्ष ज्यूलाई नसामा समस्या भए पछि आज अस्पताल भर्ना गरिएको छ,’ उनले भने ।
थापालाई केही दिन अस्पतालमै राखेर उपचार गराउनु पर्ने चिकित्सकको सुझाव छ ।

प्रतिक्रिया