मायाकुमारीलाई काम गर्न देउ : सर्वोच्च

Maya Kumari Sharmaकाठमाडौं, १८ असोज । सर्वोच्च अदालतले कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई तत्काल पदबाट नहटाउन सरकारलाई आदेश दिएको छ ।
सर्वोच्चमा आज (शुक्रबार) भएको सुनुवाई पछि सरकारका नाममा अन्तिरम आदेश जारी भएको हो । अदालतले शर्मालाई यथाअवस्थामा काम गर्न दिनु भन्ने आदेश दिएको छ । यो आदेशसंगै शर्माले राजदूतकै हैसियतमा काम गर्ने छिन् ।
कुटनीतिक मर्यादाविपरित कार्य गरे पछि शर्मालाई सरकारले एक साता अघि बर्खास्त गरेको थियो । शर्मा एमाओवादीको भागबण्डामा राजदूत बनेकी हुन् ।
कतारमा नेपाली कामदारलाई असहयोग गर्ने, दु:ख दिनेलगायतका कार्य गरेको उनलाई आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया