सम्पूर्ण चलचित्रको सेन्सर बोर्डबाटै

pappuकाठमाडौं : अध्यक्षको कुर्सीमा बसेको लामो समयपश्चात् धर्मेन्द्र मरवैता उर्फ पप्पुले आफ्नो डायरीमा एउटा काम थपेका छन् । सराहनायोग्य कुनै काम नगरेका मरवैताले निराश चलचित्रकर्मीलाई बचाउने श्वास फेराएका छन् ।
सेन्सर बोर्डका अध्यक्षमा उमाकान्त पराजुली नियुक्त भएलगत्तै बोर्ड अध्यक्ष मरवैताको कसरतमा अबदेखि नेपालमा प्रदर्शन हुने सम्पूर्ण चलचित्र चलचित्र विकास बोर्डमा नै सेन्सर हुने भएका छन् ।
यतिबेला साहित्यकार कृष्ण धरावासीको चचिर्त निबन्ध ‘झोला’ माथि यादव भट्टराईले निर्देशन गरेको चलचित्र ‘झोला’लाई विकास बोर्डमा नै सेन्सर गरिसकिएको बताइएको छ । हालसम्म कहिले चलचित्र संघमा त कहिले सूचना तथा सञ्चार मन्त्रालयमा चलचित्र सेन्सर हुँदै आएका थिए । स्वस्थ सेन्सर नभएको भन्दै चलचित्रकर्मीले बोर्डमा नै सेन्सर हुनुपर्ने माग धेरै पहिलेदेखि नै गर्दै आएका थिए । (सौस)

प्रतिक्रिया