गायिका आचार्यको ‘काव्य’ सार्वजनिक

Kabya-Acharya

काठमाडौं, १८ असोज । संगीतकार समेत रहेकी गायिका काव्य आचार्यले आफ्नो पहिलो एल्वम ल्याएकी छन् । ‘काव्य’ एल्वममा आचार्यले दुई वटा गीतमा स्वर, संगीत र शब्द समेत दिएकी छन् ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा आचार्यको ‘काव्य’को विमोचन भएको हो । वरिष्ठ साहित्यकार कृष्णहरि बरालले ‘काव्य’को विमोचन गरेका हुन् । बरालले ‘काव्य’मा रहेका गीतको प्रशंसा गरे । उनले भने, ‘काव्यका सबै शब्द मलाई मन परेका छन् ।’
‘काव्य’मा आचार्यले ६ वटा गीत समावेश गरिएका छन् । आचार्यले सबै गीतमा एकलस्वर दिएकी छन् । यस अघि विभिन्न एल्वमका लागि स्वर दिई सकेकी आचार्यले आफ्नै पहलमा ‘काव्य’ ल्याएकी हुन् । कपिलवस्तु निवासी आचार्यले गीत संगीतको क्षेत्रमा लामो संघर्ष गरेको बताईन् । उनले आफू सांगीतिक क्षेत्रमा अझैं पनि संघर्षरत रहेको बताईन ।
‘चरिले गुंड छाडेर गयो……,’ ‘किन आज धेरै पछि…..,’ ’हंसिली छु, रसिली छु….,’ ‘तिमीलाई आफ्नै ठानेर…..,’ ‘यो आत्मा सधैं जली रह्यो…..,’ ‘मेरो जवानी चढ्यो रे..’ बोलका गीत एल्वममा समावेश छन् ।
गयिका आचार्यले ‘चरिले गुंड छाडेर गयो……,’ म्यूजिक खबर डट्कमको म्यूजिक अवार्ड पनि पाई सकेको छ ।
‘काव्य’मा डा.कृष्णहरि बराल, भावेश भूमरी, कर्ण चापागाईं, काव्य आचार्य, डा.तिर्थराज रेग्मीले शब्द लेखेका हुन् । सन्तोष श्रेष्ठ, श्रीकृष्णबम मल्ल, काव्य आचार्य, सुरेश गैरे, गणेश चौधरीले संगीत दिएका छन् ।

प्रतिक्रिया