दक्षिण एसियाको व्यापार अवरोध घटाउने प्रतिबद्धता

Shankar-Koiralaकाठमाडौं, १७ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले दक्षिण एसियाको व्यापार घटाउनेतर्फ नेपालले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (साउती) द्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री कोइरालाले भन्सारको संवेदनशील सूचीमा रहेका वस्तुहरूलाई कम गर्दै लैजान सके व्यापार अवरोध हट्ने बताएका हुन् ।
विश्व बैंक तथा संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग दिएको रिर्पोट अनुसार यस क्षेत्रमा लाग्ने व्यापार खर्च अन्य मुलुकको दाँजोमा दुईदेखि तीनगुनासम्म बढ्ने गरेको उदाहरण दिँदै मन्त्री कोइरालाले यसलाई सम्बोधन गर्न अपरिहार्य रहेकोमा जोड दिए ।
उनले साना तथा मझौला उद्योग अर्थतन्त्रका मेरुदण्ड भएपनि तिनबाट अपेक्षित लाभ लिन नसकेको स्विकारे । मन्त्री कोइरालाले यथेष्ट उत्पादन क्षमता नहुँदा बजारको आवश्यकता पूरा गर्न नसकेको बताउँदै उत्पादन क्षमता बढाउन जरुरी भएकोमा जोड दिए । नेपालका लागि अस्ट्रेलियाका राजदूत ग्लेन वाइटले आर्थिक विकास देश विकासको महत्त्वपूर्ण आधार भएको बताए । उनले भूपरिवेष्ठित राष्ट्रले धेरै अवरोध झेल्नुपर्ने भएकाले यसक्षेत्रका राष्ट्रबीच व्यापारिक सम्पर्क सरल हुन जरुरी रहेको बताउँदै निजीक्षेत्रको विकास अपरिहार्य रहेकोमा जोड दिए ।
संयुक्त राष्ट्रसंघीय विकास कोष (युएनडीपी) राष्ट्रिय निर्देशक सोको नाडाले महिलाहरूको उत्पानशिल क्षमत बढी हुने भएकाले उनीहरूले मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उनले बताए । संस्थाका अध्यक्ष डा. पोषराज पाण्डे र निर्देशक डा. रत्नाकर अधिकारीले यसक्षेत्रमा नेपालले खेल्ने भूमिका भूमिकाका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया