चुनावी माहोलमा तातिँदै जिल्ला

Dailekha Districtदैलेख, १७ असोज । राजधानी पुगेका नेता तथा कार्यकर्ताहरू जिल्लामा फर्किएपछि दिनप्रतिदिन जिल्लो चुनावी माहाले तातिँदै गएको छ ।

चियापसलदेखि लिएर गाउँ–गाउँ र चोक–चोकमा चुनावी चर्चा परिचर्चा चलिरहेको पाइन्छ । टिकट कसले पाउँछ भनेर लख काटिरहेका गाउँका कार्यकर्ताहरूले टिकटको पक्का भइसकेपछि कसले जित्छ भनेर लख काट्न थालेका छन् ।
क्षेत्र न. १ बाट कांग्रेसका गणेशबहादुर खड्का एमालेका अम्बरबहादुर थापा र माओवादीका तेजबहादुर चन्दले टिकट पाएका छन् । कांग्रेस नेता खड्का पूर्वस्थानीय राज्यमन्त्री भइसकेका र धेरैपटक त्यस क्षेत्रबाट विजयी नेता हुन् । एमालेका पार्टी अध्यक्ष अम्बर थापा विगतको संविधानसभामा प्रतिद्वन्द्वीको रूपमा आएका एमाले नेता अम्बर थापा यसपटक विजयी हुनेका ढुक्क भएको कार्यकर्ता बताउँछन् । ‘मेरो जित सुनिश्चित छ । देशको निकाश निकाल्नका लागि देशलाई एमालेको आवाश्यकता रहेको बताउँदै यसपटकको संविधानसभामा जित्छु,’ उनले भने । उता कांग्रेस नेता खड्का भने प्रतिद्वन्द्वीे एमालेको संगठन कमजोर रहेकाले यसपटक पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दछन् । एमालेका प्रभावशाली नेता तेजबहादुर चन्द एमाओवादीमा गएकाले एमाले कमजोर भएको उनको ठम्याइ छ ।
क्षेत्र न. २ मा पूर्वप्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमबहादुर शाही एमालेबाट लक्ष्मी पोख्रेल र एमाओवादीका थिरबहादुर कार्कीले टिकट पाएका छन् । पहिलेको संविधानसभाको चुनावमा विजयी प्रप्ता गरेकाले र पार्टी संगठन एकजुट भएकाले आफू जित्नेमा पोख्रेल ठुक्क देखिन्छन् । कार्यकर्तामा पनि एमाले विजयी हुनेमा विश्वस्त देखिन्छन् । ‘पहिले पनि जितेको र पार्टीमा पनि कसैको मनमुटाप नभएकाले सिंगो कार्यकर्ताहरू एक जुट भएर लागेका छौँ । युवादेखि विद्यार्थीसम्म पार्टीले परिचालन गर्छ योपटक पनि हाम्रो जित सुनिश्चित छ,’ क्षेत्रीय अध्यक्ष खड्कराज उपाध्यायले भने ।
‘अब छिट्टै पार्टीको मिटिङ बोलाएर जिललाको चुनावी कार्यक्रम तय हुने एमाले अध्यक्ष अम्बर थापाले बताए । हामी चुनावी कार्यक्रम छिट्टै तय गर्दैछौँ सबै कमरेडहरू एक ढिक्का भएर चुनावी मैदानमा जाने छन् यसपटकको दैलेखका दुवै क्षेत्र हाम्रो कब्जामा हुनेछ,’ थापाले भने ।
यहाँका राजनीतिक विश्लेषकको भनाइ भने १ बाट कांग्रेस विजयी हुने र २ बाट एमाले विजयी हुने बताउँछन् । १ मा एमालेका लोकप्रिय नेताले पार्टी परित्याग गरेका कारण उनको प्रभाव तल्लो तहसम्म पुग्ने भएकाले कांग्रेसको विजयी हुने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया