राष्ट्रपतिका छोरा र भतिजी उम्मेदवार

Rambaranकाठमाडौं : राष्ट्रपति डा. रामवरण यादवका छोरा र भतिजीलाई पनि कांग्रेसबाट प्रत्यक्षतर्फ टिकट मिलेको छ । कांग्रेस स्थानीय पार्टीको सिफारिसविपरीत धनुषा क्षेत्र नम्बर ५ मा राष्ट्रपतिका जेठा छोरा डा. चन्द्रमोहनले टिकट पाएका हुन् । राष्ट्रपतिका छोरालाई उम्मेदवार बनाइएपछि तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादव समानुपातिकमा रहने भएका छन् । यद्यपि, महेन्द्र पक्षका नेता तथा कार्यकर्ता भने राष्ट्रपतिको दबाबमा चन्द्रमोहनलाई टिकट दिइएको भन्दै असन्तुष्ट छन् ।
महोत्तरी–२ मा राष्ट्रपतिकै भतिजी किरण यादवले टिकट पाएकी छन् । स्थानीय नेता तथा कार्यकर्ता राष्ट्रपतिकै दबाबमा किरणले टिकट पाएको दाबी गर्छन् । बारा–१ मा रामआयोध्या यादवले टिकट पाउनुमा पनि स्थानीय नेता तथा कार्यकर्ता राष्ट्रपतिकै भूमिका रहेको दाबी गर्छन् ।

प्रतिक्रिया