विद्यालय व्यवस्थापन समितिको निर्णय सच्याउन माग

धरान, १६ असोज । धरान १९ स्थित किरातेश्वर माविको विद्यालय व्यवस्थापन समितिले अन्याय गरेको भन्दै न्यायका लागि हारगुहार माग गरिरहेका शिक्षक वालेश्वर यादवलाई विद्यालयले कुनै पनि हालतमा नस्वीकार्ने भएको छ ।

विद्यालय व्यवस्थापन समिति र अभिभावक संघले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै यादवले विद्यालयमा बालबालिकाको पढाइप्रतिभन्दा पनि राजनीति गर्ने थलो बनाएको भन्दै त्यस्तो व्यतिm विद्यालयलाई स्वीकार्य नहुने जनाएको हो । अभिभावक संघका अध्याक्ष लोकबहादुर राई भन्छन्, ‘शिक्षकले त विद्यार्थीलाई पढाउनु पर्छ । राजनीति गर्ने थलो बनाएर कसरी विद्यार्थीको भविष्य उज्वल हुन्छ त्यस्ता शिक्षक हामीलाई मान्य हुने छैन ।’
यादव यसअघि पाँचकन्या तीन पानवारीको सरस्वती उच्च माविबाट योग्यता नपुगेर प्रअबाट निकालिएपछि किरातेश्वरमा प्रअ हुने दाउ हेरेर राजनीतिक गरेपछि विद्यालयको शैक्षिक वातावरणसमेत बिगारेको आरोप राईले पत्रकार सम्मेलनमा लगाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्याक्ष देउमान लिम्बुका अनुसार यादवले विद्यालयमा प्रअ बन्नका लागि गरेको राजनीतिको कारणले विद्यालयको शैक्षिक वातावरण नै धमिलिदै गइरहेकोले व्यवस्थापन समितिको बैठक बसी गत शुक्रबारदेखि जिल्ला शिक्षा कार्यालयमा फिर्ता पठाएको बताए । अध्याक्ष लिम्बुले भने, ‘समितिको निर्णय कुनै पनि हालतमा सच्चिने छैन । यादव जहाँबाट आएको हो त्यही हामीले पठाएका हौँ ।’ गत माघ महिनामा सो विद्यालयमा कार्यरत शिक्षकको निधन भएपछि हालनिम्तिको भरमा विद्यालय सञ्चलन भइरहेको छ । निम्तिको जिम्मेवारी त्यहीँ कार्यरत शिक्षिका चन्द्रकला प्रधानलाई समितिले दिएको छ । अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिले भने विद्यालयमा वर्षौदेखि योगदान दिँदै आएकी प्रधानलाई नै प्रअ बनाउने तयारी गरेको छ । प्रधानलाई प्रअ बनाउने तयारी भएपछि समिति र यादवबीच विवाद हुन थालेको हो । शिक्षक वालेश्वर यादव भने प्रक्रियागत ढंगबाट आफू नै विद्यालयको प्रअ हुनुपर्ने दाबी गर्दै आइरहेका छन् । उनी अहिले नेकपा माओवादी निकट अखिल नेपाल शिक्षक संगठनमार्फत न्याय पाउँ भन्दै जिल्ला शिक्षा कार्यालय सुनसरीलगायतको संघसंगठनमा ढोका ढक्ढकाइ रहेका छन् । संगठनले पनि विद्यालय व्यवस्थापन समितिको निर्णय अन्याय भएको भन्दै सच्याउन माग गरेको छ । निर्णय नसच्याए कडा कदम चाल्ने भनिएको छ । यादवको न्यायका लागि भन्दै १२ असोजमा पत्रकार सम्मेलन गरेर आन्दोन गर्ने चेतावानीसमेत दिएको थियो । यता किरातेश्वर विद्यालय व्यवस्थापन समितिले भने अखिल शिक्षक संगठनका अध्याक्ष माया भुजेल र खेमचन्द्र सुवेदीले विद्यालयमा राजनीति गरेको आरोपसमेत पत्रकार सम्मेलनमा लगायो ।

प्रतिक्रिया