सुधारका काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौ, १५ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले छातीमा हात राखेर आफूले विगतमा गरेका कमीकमजोरीको समीक्षा गर्दै आउने दिनमा सुधारका काम थाल्न कर्मचारीलाई निर्देशन दिएका छन ।

औद्योगिक व्यवस्थापन लिमिटेडको २६ औं वार्षिकोत्सव कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उद्योगमन्त्री समेत रहेका कोइरालाले संस्थाको इतिहास अत्यन्त राम्रो भएपनि वर्तमान सुखद हुन नसकेको टिप्पणी गरे ।
उद्योगीलाई अन्नदाताको रुपमा लिन आग्रह गर्दै उनले घरको मनमुटाव छताछुल्ल नपार्न व्यवस्थापन, कर्मचारी र ट्रेड युनियनका कर्मचारीलाई सल्लाह दिादै भने, ‘तपाईंको त्रिपक्षीय द्वन्द्वबाट म प्रसन्न छैन् । संस्थाको व्यवस्थापन गर्न नसक्नु तपाईंहरुको कमजोरी हो । तपाईंहरुको काममा हस्तक्षेप गर्ने मन्त्रालयको रुचि होइन् ।’
उनले केही दिनभित्रै अध्यादेशबाट औद्योगिक विकास ऐन आउने र त्यसबाट उद्योगीहरु लगानीका लागि थप उत्साही हुने विश्वास व्यक्त गरे । उद्योग सचिव कृष्ण ज्ञवालीले माओवादी लडाकू बसेका चारवटा शिविरमा औद्योगिक व्यवस्थापन कार्यालय खोल्ने निर्णय सरकारबाट भइसकेको जानकारी दिादै केही दिनमै मन्त्रालयको स्वामित्वमा आउने बताए ।
हुन नसकेका कामले भएका काम ओझेलमा परेको भन्दै सचिव ज्ञवालीले आन्दोलनको रापबाट संस्थालाई थिलथिलो नपार्न आग्रह समेत गरे । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले औद्योगिक क्रान्तिविना रोजगारी सम्भव नहुने बताउादै आयात र निर्यातबीच रहेको आठगुनाको खाडललाई कम गर्न सवै पक्षको सहयोग आवश्यक भएको बताए ।
सो अवसरमा मन्त्री कोइरालाले उत्कृष्ट व्यवसाय गर्ने उद्योगीलाई पुरष्कृत पनि गरे । २०४५ सालमा स्थापना भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका देशभर १० वटा व्यवस्थापन कार्यालय सञ्चालनमा छन् । जसमा ७ सय उद्योगधन्दा चल्न सक्ने क्षमता रहेको छ ।

प्रतिक्रिया