कांग्रेस जिताउन भारतमा समिति

janasamparka samiti1नयाँ दिल्ली, १३ असोज । नेपाली जनसम्पर्क समिति भारतले मंसिर–४ को निर्वाचनमा दरिलो सहभागिता जनाउन ५ सय १ सदस्यीय समिति गठन गरेको छ ।
हरियाणास्थित फतेहावादमा भारतभरि रहेका समितिहरूको दुई दिने संयुक्त क्षेत्रीय अधिवेशन पछि अध्यक्ष बालकृष्ण पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिमा क्षेत्रीय सभापति, पदाधिकारी, तरूण, महिला, विद्यार्थी, मजदूरसम्बद्ध शाखाका प्रतिनिधि छन् ।
कांग्रेसलाई विजयी गराउन आ–आफ्नो क्षेत्रमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको अध्यक्ष पाण्डेले बताए ।

प्रतिक्रिया