‘गाउँकी गोरी, सहरमा झरी’

MENUKAतीन वर्षअघि ‘माया आरिसे’ भन्दै गुनगुनाएकी गायिका मेनुका राई अहिले गाउँतिर झरेकी छन् । खोटाङकी यी गायिकाले हालै ‘१, २, ३’ नामक एल्बम ल्याएकी छन्, सोही एल्बममार्फत उनले गाउँघर सम्झिएकी छिन् ।
एक दशकअघि खोटाङबाट काठमाडौं झरेकी मेनुकाले हालै ‘१, २, ३’ मा ‘म त गाउँकी गोरी, सहरमा झरी’ भन्दै गाउँको स्मरण गरेकी हुन् । हालै बजारमा आएको यो एल्बममा समाहित गाउँकी गोरीको चर्चा पनि बजारमा बढ्न थालेको छ । गीत चर्चामा आएपछि फुरुङग हुँदै मेनुकाले भनिन्, ‘गाउँघरको भाकालाई टपक्क टिपेर गाएकी हुँ, गाउँकी गोरी । श्रोताले पनि यस गीतलाई मन पराइदिएका छन् ।’ एल्बम आफूले सोचेभन्दा राम्रो भएको उनको भनाइ छ । ‘माया आरिसे’ शीर्ष गीतबाट मेनुकाले राम्रै चर्चा बटुल्न सफल भएकी थिइन् । जुन गीतले उनको परिचयसमेत बदलिएको थियो । त्यतिखेर उनलाई श्रोताले ‘आरिसे माया गायिका’ भन्ने गर्थे । तर, अहिले उनलाई गाउँबाट झरेकी गायिका भन्न थालेका छन् । यसलाई मेनुका आफ्नो सफलता ठान्छिन् । ‘कलाकारको सफलता भनेकै यही हो’ उनले भनिन्, ‘मलाई गाउँबाट झरेकी गायिका भन्दा खुसी लाग्छ, ।’ गाउँपाखामै जन्मेकी भएकाले पनि उनी आफूलाई गाउँघरकै गायिका भन्न रुचाउँछिन् । ‘१, २, ३’ मेनुकाको दोस्रो एल्बम हो । तर, उनल दर्जनौँ गीतमा स्वर दिइसकेकी छन् ।
एल्बममा ‘१,२, ३’ ‘म त गाउँकीलगायत ‘ए प्रिय, नभेटेको भए हुन्थ्यो, देउरालीमा भेटौँ, गोधुलीको साँझैमा, वर वर सरन र माया दिए पुग्छ बोलका गीत छन् । (सौस)

प्रतिक्रिया