टेलिभिजनमा ‘यौनक्रिडा’को प्रत्यक्ष प्रसारण

Filip, Treshi, Dain, Hostलण्डन । लण्डनबाट प्रसारण हुने टेलिभिजन ‘च्यानल–४’ले यौनक्रिडामा प्रत्यक्ष प्रसारणसहितको कार्यक्रम देखाउने भएको छ ।
प्रत्यक्ष प्रसारण मार्फत देखाईने कार्यक्रममा एउटा जोडीलाई साउण्ड प्रूफ र अपारदर्शी बाकसमा यौन सम्बन्ध राख्न लगाईने छ । यौनक्रिडा टेलिभिजन शो मा रहने दर्शकले पनि हेर्ने छन् । यौनक्रिडा सक्किए पछि सोही जोडीसँग यौनक्रिडाको अनुभूतिका बारेमा अन्तर्वाता लिईने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
टेलिभिजन शो को नाम ‘सेक्स बक्स’ राखिएको छ । च्यानल–४ सेक्स सम्बन्धी कार्यक्रमका लागि प्रसिद्ध छ । कार्यक्रम निर्माताका अनुसार अहिले सम्म ‘सेक्स बक्स’मा सहभागी हुने तीन वटा जोडीको छनौट गरिएको छ । त्यस मध्ये एक जोडी समलिङगी छ ।
Sex Cuple‘सेक्स बक्स’ पहिलो प्रत्यक्ष प्रसारण सहितको कार्यक्रम ७ अक्टोवर २०१३ मा देखाईने छ । च्यानल–४ का अनुसार ‘सेक्स बक्स’ कार्यक्रम विश्वको ईतिहाँसमा पहिलो हुने दाबी गरेको छ ।
‘सेक्स बक्स’मा कुनै पनि प्रकारका अश्लीलता या नग्नता नदेखाईने कार्यक्रम निर्माताको भनाई छ । यौनक्रिडामा रहने जोडीको अन्तरंग कार्यका दृश्य पनि देखाईने छैन ।
‘सेक्स बक्स’को सञ्चालिका मैरिला फ्रोस्ट्रप छिन् । उनका साथै यौन विषेशज्ञ पनि कार्यक्रममा रहने छन् ।

प्रतिक्रिया