बाजुरा, ११ असोज । बाजुरा जिल्लाबाट २०६४ सालको संविधन सभा निर्वाचनमा एमाओवादीबाट प्रत्यक्षतर्फ १३ हजार १ साय ५५ मत ल्याएका माओवादीका मीनबहादुर विष्टसहित बाजुराका सयौँ जना माओवादी तथा एमाओवादी नेताकार्यकर्ता बिहीबार एमालेमा प्रवेश गरेका छन् ।
तत्कालीन एमाओवादी सेती महाकाली राज्य समिति सचिवालय सदस्यसमेत रहेका विष्ट एमाले केन्द्रीय कार्यलय बल्खुमा आयोजना गरिएको पाटी प्रवेश कार्यक्रममा दलबलसहित प्रवेश गरेका हुन् । एमाओवादी बाजुरा जिल्ला पाटीको सहइन्चार्ज र केन्द्रीय स्कुल विभाग सदस्यसमेत जिम्मेवारी लिएका विष्टले एमाले अध्यक्ष झलनाथ खनालको हातबाट टीकाग्रहण गरी पार्टी प्रवेश गरेका छन् । माओवादी ढुलमुले चरित्र भएको र कुनै रेगढेग नभएको पार्टी भएकाले आफू बस्नुको कुनै औचित्य नभएको भन्दै आफ्ना कार्यकार्तासहित पार्टी प्रवेश गरेको विष्टले बताए । प्रवेश कार्यक्रममा राज्य समिति सदस्य डम्मर सुनार पहाड, जनस्वयंसेवक जिल्ला समितिका सहसंयोजक डम्म विक, अखिल नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष जयवीर बुढा, राज्य समिति सदस्य एवं एरिया–८ इन्चार्ज अर्जुन कटुवाल, जिल्ला कमिटी सदस्य दिपक कटवाल, जिल्ला कमिटी सचिवालय सदस्य शेरबहादुर खड्का, मनिराम पाध्यय र अखिल क्रान्तिकारीका कोषाध्यक्ष उपेन्द्र विष्टसहित सयौँ माओवादी र एमाओवादीका नेता कार्यकर्ताले एमालेमा प्रवेश गरेको एमाले केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले बताए ।
एमाले मुख्यालय बल्खुमा आयोजाना गरिएको पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख कर्ण बहादुर थापा, बाजुरा जिल्ला कमिटी अध्यक्ष लालबहादुर थापा अञ्चल कमिटी सदस्य हिक्मत शाही र प्रकाश शाह, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य अजबहादुर मल्ल, जिल्ला कमिटी सचिव बलदेव रेग्मीको अपस्थिति थियो । यता बाजुरामा भने हुनलागेको १७ गतेको आमसभामा एमाले प्रवेशका लागि लिस्ट आइसकेको एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख जनककुमार बोहाराले बताए ।
प्रतिक्रिया