जहाज खरिदको प्रक्रिया अघि बढाउन आग्रह

Chin n Nepalकाठमाडौं, १० असोज । चीनले आफ्ना जहाज खरिद प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकारसंग आग्रह गरेको छ ।
नेपालस्थित चिनियाँ राजदूत उ चुन्ताईले अर्थमन्त्री शंकरप्रसाद कोइरालासंग आज (बिहीबार) सिंहदरबारमा भेट गरी जहाज खरिद गर्न आग्रह गरेका हुन् । ‘जहाज खरिदका विषयमा चीनले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले नेपालतर्फको काम अघि बढाउनुस,’ राजदूत चुन्ताईले भने ।
उनले असोज महिनाभित्र सम्झौता गर्ने गरी प्रक्रिया अघि बढाउन अग्रह गरे । चीन सरकारसंग अनुदानमा दुई र ऋणमा चारवटा विमान दिने सहमति यसअघि भइसकेको छ ।
प्रत्युत्तरमा अर्थमन्त्री कोइरालाले चीनबाट ल्याउने जहाजले उड्ने अनुमति नपाएकाले नागरिक उडड्यन मन्त्रालयबाट प्रक्रिया टुंगिएपछि मात्र सम्झौता हुने जानकारी दिए ।
मन्त्री कोइरालाले चीनले नेपाललाई दिँदै आएको आर्थिक सहयोग वृद्धि गर्न आग्रह पनि गरे ।

प्रतिक्रिया