भक्तपुरमा शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने

भक्तपुर, १० असोज । ‘स्वस्थशरीर, सुखद् जीवन, तन, मन, धन शारीरिक सुगठन’ भन्ने नाराका साथ भक्तपुरमा शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । अजिमा फिजिकल फिट्नेस भक्तपुरको आयोजनामा आगामी १२ र १३ असोजमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताबारे जानकारी दिन बुधबार आयाजित पत्रकार सम्मेलनमा युवाहरूलाई खेल क्षेत्रमा समावेश गर्न सकेमा मुलुकमा दुव्र्यशन, कुलत र अपराधमा कमी आउने भएकाले प्रतियोगिता आयोजना गरिएको बताइयो ।

मिस्टर बडी बिल्डर अफ द इयर २०१३ भक्तपुर नाम दिएको प्रतियोगितामा ५५ केजी तौल समूहदेखि ७५ केजी तौलभन्दा माथिको समेत गरी कुल पाँच समूहमा प्रतिस्प्रर्धा गराइने फिट्नेसका अध्यक्ष केशव नागाले बताए । प्रत्येक तौल समूहका विजेताहरू फाइनल राउन्डमा प्रवेश गरेका ६ जनाबाट एक जना मिस्टर बडी बिल्डर अफ द इयर २०१३ भक्तपुर घोषित गरिने नागाले बताउनुभयो । प्रतियोगितामा भक्तपुर जिल्लाभित्र रहेका शारीरिक सुगठनमा क्रियाशील करिब पाँच दर्जन खेलाडीहरूको सहभागिता रहने आयोजक जानकारी दिएको छ । उक्त प्रतीयोगितामा शीर्ष ६ स्थान पाउने खेलाडीलाई २५, १८, १४, १०, ८ र ६ हजार रुपियाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया