राप्रपा नेपालको सम्मानजनक उपस्थिति नभए संविधान बन्दैन

Bikram-Ranaविक्रमबहादुर राना रामेछाप जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभामा उम्मेदवार हुादै छन् । रामेछाप डढुवा–४ का स्थायीवासिन्दा विक्रम दोलखाको मेलुङमा विद्यालय तहको विद्यार्थी छदै राजनीतिमा प्रवेश गरेका हुन् । सुरुमा नेपाल कम्युनिस्ट पार्टी(चौथो महाधिवेशन)मार्फत राजनीति सुरु गरेका विक्रम वि.स. २०३८ को जनमत संग्रहपछि भने पञ्चायती राजनीतिमा सक्रिय हुन थाले । वि.स. २०४६ पछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध विक्रम त्यस पार्टीको जिल्ला अध्यक्ष पनि थिए । राप्रपाले गणतन्त्र स्वीकार गरेपछि संवैधानिक राजतन्त्रको वकालत गर्ने विक्रम राप्रपा नेपालमा आबद्ध भए । उनीसाग मनोज घिमिरेले गरेको कुराकानीको सार संक्षेप :
तपाईं यस्तो कट्टर राजावादी हुनुको कारण चाहि के हो ?
मेरो विचारमा यो देशमा अन्य जो कोहीलाई भन्दा राजालाई देशको माया हुन्छ नै । किनकी देश भएन भने त राजा पनि रहदैनन् । यही बुझाइले म युवा अवस्थामा नै वामपन्थी राजनीति छाडेर पञ्चायती राजनीतिमा झुकाव राखेको हँ । त्यो विचारमा म अझै यथावत छु ।
यो निर्वाचनमा तपाईंको पार्टीले कस्तो स्थान पाउने आशा गर्नु भएको छ ?
मेरो विचारमा हामी प्रत्यक्षतर्फ २५ देखि ३० स्थानमा जित हात पार्न सफल हुने छाँै । मकवानपुर, बाके, पाँचथर र रामेछाप जस्ता केही जिल्लामा त हामी अग्रस्थानमा छौँ । यो अवस्था तयार पार्न हामीले धेरै मिहिनत गरेका छाँ । गाउँ–गाउँ पुगेका छाँै । त्यहाँका हरेक व्यक्तिसँग अन्तरक्रिया गरेका छाँै । उनीहरूको सुख दु:खमा साथ दिएका छौँ । एउटा कुरा के साँचो हो भने संविधानसभामा राप्रपा नेपालको सम्मानजनक उपस्थिति भएन भने अब पनि संविधान बन्दैन । यो कुरा हामीले बुझाएका छाँै । आमनागरिकले पनि बुझेकै हो । यसकारण हामी विगतको तुलनामा मजबुत अवस्था छौँ ।
तपाईंहरूको चुनावी मुद्दा चाहि के हो ?
हाम्रो पहिलो एजेन्डा त संवैधानिक राजतन्त्र हौँ । राजतन्त्रको बारेमा जनमत संग्रह हुनैपर्छ । २०६४ को संविधानसभापछि यो देश नीति र नियमले भन्दा एउटा सिन्डिकेटले चलेको छ । त्यो सिन्डिकेटको विरुद्धमा हामीले चार वर्षअघि नै निर्वाचनको माग गरेका थियाँै । यो संविधानसभाले केही पनि गर्न सक्दैन, संविधान जारी गर्न सक्दैन भन्ने हामीलाई राम्रोसँग थाहा थियो । त्यसपछि हामीले नै नयाँ जनादेशको माग गरेका थियाँै । यसमा आलटाल गरियो । यो चार दलीय सिन्डिकेटले यत्तिसम्म गलत गर्‍यो कि नेकपा– माओवादीलगायत दलले चुनावमा भाग लिन चाहदा पनि रोकियो । दोस्रो जनआन्दोलनसम्म देशमा कुनै महत्त्वपूर्ण निर्णय हुँदा सहमतिको आधारमा हुन्थ्यो । अहिले त यही चार दलीय सिन्डिकेटले अन्य सबैलाई बेवास्ता गर्ने गरेका छन् । यसैको कारण हो, नेकपा–माओवादीलाई निर्वाचनमा सहभगी हुन नदिइएको ।
निर्वाचनमा राप्रपा एटटै पार्टी हुन सक्ने अवस्था के छ ?
त्यसका लागि राप्रपाले गणतन्त्रको मुद्दालाई छाडेर संवैधानिक राजतन्त्रको पक्षमा उभिनु पर्छ । राजतन्त्र नभए हुन्छ भन्ने हो भने त अन्य पार्टी पनि छन् नि । राप्रपा किन चाहियो र । त्यस पार्टीका केही नेताले जर्बजस्ती गणतन्त्रको मुद्दा उठाएपछि हामी त्यहाँ रहन सकेनौँ । निर्वाचनमा केही क्षेत्रमा समझदारी हुन सक्ला । तर, उहाँहरू राजतन्त्रबारे प्रस्ट नभएसम्म एकताको कुनै सम्भावना नै छैन ।
पहिले र अहिलेको नतिजामा कस्तो फरक रहला ?
हामी चौथो दल बन्ने छाँ । विभिन्न खाले सर्वेक्षणले यो देखाएको छ । प्रत्यक्ष र समानुपातिक दुवै गरेर एक सयको हाराहारीमा हाम्रा सभासद रहनेछन् । यी सभासदको भूमिका नयाँ संविधान बनाउने मानै कन्द्रित हुनेछ । हाम्रो उपस्थितिले नेपालमा कानुनी राज स्थापना हुनेछ । देश अहिलेको जस्तो अस्तव्यस्त रहने छैन । हाम्रा अर्को एजेन्डा भनेको हिन्दू राष्ट्र नै हो । के संसारमा अन्य देशमा इस्लामिक राज्य छैनन् ? इसाइ राज्य छैनन् ? छ नि । त्यहाँ पनि त अन्य धर्मालम्बीमाथि दुव्र्यवहार भएको छैन । सम्मान छ । यस काराण हिन्दू राष्ट्र भए पनि अन्य सबै धर्मको सम्मान हुने नै छ । हाम्रो मुद्दा हिन्दू धर्म भए पनि सबै धर्मालम्बीका लागि हाम्रो पार्टीप्रिय पार्टी बन्नेछ ।
रामेछापकै बारेमा नि ?
रामेछाप काठमाडांनजिक भएर पनि विकट छ । भौगालिक विकासमा एकदमैपछि परेको छ । यसको कारण पनि प्रस्ट छ । २०४८ देखि यता कांग्रेस, एमाले, जनमोर्चा र माओवादी जुन दलका प्रतिनिधि भए पनि यिनीहरूले जिल्लाको विकासमा ध्यान दिएनन् । म रामेछापवासीसँग नै यसै पत्रिकामार्फत प्रतिबद्धता जाहेर गर्छु कि अब रामेछाप विगत जस्तो हुने छैन । त्यसो त संविधानसभाको निर्वाचन नयाँ नीति नियम र कानुन बनाउनका लागि हो । यसकारण म त्यत्ति धेरै आश्वावन दिन चाहन्न । तर, विगतमा रामेछापमाथि राज्यको केन्द्रीय नेतृत्वले जुन ढंगको बेवास्ता गर्‍यो, हाम्रो पार्टीको आकार ठूलो भएपछि त्यो रोकिनेछ । राप्रपा नेपालको प्रभावकारी भूमिका भएसँगै रामेछाप जिल्लाका विकास निमार्णका काम पनि अघि बढ्ने छन् । काठमाडौंबाट काभ्रे, सिन्धुली रामेछाप, दोलखा र ओखलढुंगा जोड्ने नयाँ राजमार्गका लागि पनि पार्टीमा पहल गर्नेछु । जसले रामेछापवासीको जीवनयापनमा नयाँ आयाम थप्नेछ ।
तपाईंको पार्टीमा युवाहरूको उपस्थिति कम रहनुका कारण के होला ?
विगतमा यस्तो भएको हो । अन्य ठूला दलले युवालाई पार्टीको झण्डा बोकाउने र दुरूपयोग गर्ने काम गरे । हामीले त्यसो गरेनाँै । धेरै युवा जमातले त्यो बुझिसकेका छन् । पछिल्लो समय युवाहरूको आकर्षण हाम्रो पार्टीमा बढ्दो छ । तर, हामी त्यो आकर्षणलाई अन्यले झै ध्वसात्मक होइन, सिर्जनात्मक काममा उपयोग गर्ने छाँ ।

प्रतिक्रिया