तीन केन्द्रीय सदस्य एमाओवादीमा प्रवेश

maobadiकाठमाडौं, ९ असोज । नेतृत्वसँग असन्तुष्ट नेकपा–माओवादीका तीनजना केन्द्रीय सदस्य एमाओवादीमा प्रवेश गरेका छन् ।
कोटेश्वरस्थित पार्टी कार्यालयमा आज (बुधबार) आयोजित कार्यक्रममा नेकपा–माओवादीका केन्द्रीय सदस्य हरि ज्ञवाली, महेन्द्र पासवान र रवीन्द्र पटेल एमाओवादीमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहालले सदस्यता प्रदान गरेका थिए । तीन जना केन्द्रीय सदस्य सहित अन्य नेता तथा कार्यकर्ता पनि एमाओवादीमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया