चुनावमा खटिने भो सेना

Nepal-Armyकाठमाडौ, ९ असोज । राष्ट्रपति डा. रामवरण यादवले ४ मंसिरमा हुने संविधानसभाको दोस्रो चुनावमा सेना परिचालन गर्न बाटो खुला गरिदिएका छन् । अन्तरिम चुनावी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति डा. यादवले मंगलबार बाधा–अड्काउ फुकाउ आदेशबाट अन्तरिम संविधानको धारा १४५ (५) संशोधन गरेपछि चुनावमा सेना खटाउन बाटो खुलेको हो ।

राष्ट्रपति कार्यालयका तर्फबाट मंगलबार सहसचिव वासुदेव दाहालले जारी गरेको विज्ञप्तिमा अन्तरिम संविधानको धारा १५८ बमोजिम आगामी ४ मंसिरमा हुने संविधानसभा चुनाव अवधिभर सेना परिचालन गर्न बाधा–अड्काउ फुकाउ आदेशमार्फत बाटो खुला गरेको उल्लेख छ । अन्तरिम संविधानको धारा १४५ (५) मा ‘प्राकृतिक विपत्तिबाहेक अन्य अवस्थामा सेना परिचालन गर्नुपर्ने भए मन्त्रिपरिषद्बाट निर्णय भएको एक महिनाभित्र व्यवस्थापिका–संसद्ले तोकेको विशेष समितिमा प्रस्तुत भई अनुमोदन हुनुपर्ने’ व्यवस्था थियो । उक्त धारा बाधा–अड्काउ फुकाउबाट संशोधनका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संविधानसभा चुनाव भई व्यवस्थापिका संसद्ले तोकेको विशेष समितिबाट एक महिनाभित्र अनुमोदन गराउने गरी राजनीतिक सहमतिका आधारमा सरकार र मन्त्रिपरिषद्को सिफारिसमा बाधा–अड्काउ फुकाउ आदेश जारी गरेको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
‘व्यवस्थापिका–संसद् नभएका कारण संसद्ले तोकेको विशेष समितिबाट अनुमोदन हुन नसक्ने

मुठभेडमा लैजाने षड्यन्त्र : माओवादी
काठमाडौं : नेकपा–माओवादीले संविधानसभाको दोस्रो चुनावमा सेना परिचालन गर्ने कदमको विरोध गरेको छ । राष्ट्रपति डा. रामवरण यादवले बाधा–अड्काउ फुकाउ आदेशबाट अन्तरिम संशोधन गरी चुनावमा सेना परिचालनको बाटो खुला गरिदिएपछि नेकपा–माओवादीले त्यसलाई मुठभेडमा लैजाने षड्यन्त्रको संज्ञा दिएको छ ।
‘एकातिर लोकतन्त्रको कुरा गर्ने अनि अर्कातिर चुनावमा सेना परिचालनको तयारी गर्ने कुरा लोकतन्त्रको उपहास हो,’ माओवादी प्रवक्ता पम्फा भुसालले सौर्यसँग भनिन्, ‘चुनावमा सेना परिचालन गर्नु भनेको मुलुकलाई मुठभेडमा लैजाने षड्यन्त्र हो ।’ नेकपा–माओवादीले आगामी चुनावलाई असफल बनाउन सेनालाई नछुने तर चार दलका नेता र अन्तरिम चुनावी मन्त्रिपरिषद्विरुद्ध सशक्त प्रतिकार गर्ने रणनीति बनाएको छ ।

प्रतिक्रिया