चुनावी दौडमा विद्यार्थी नेता

nepal student uniyanकाठमाडौं, ९ असोज । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा आगामी संविधानसभा चुनावका लागि व्यस्त छन् । पार्टीले काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएपछि शर्मा चुनावमा व्यस्त हुन थालेका हुन् । पहिलो नम्बरमा सिफारिसमा परेका उनी उम्मेदवारी पक्का हुने भएपछि चुनावी चहलपहलमा व्यस्त हुन थालेका हुन् ।

यस्तै, नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्ण पनि ४ मंसिरको संविधानसभाको निर्वाचनको चटारोमा छन् । सप्तरी–२ बाट प्रत्यक्षतर्फका उम्मेदवारमा सिफारिस परेका कर्ण निर्वाचनको तयारीमा लागि पार्टी कार्यालयदेखि आफ्नो निर्वाचन क्षेत्रसम्म दौडधुपमा लागेका छन् । नेविसंघले नजिक आइरहेको संविधानसभामा लाग्नुपर्ने भएकोले महाधिवेशन नै स्थगित गरेको छ ।
अहिले विद्यार्थी संगठनका केन्द्रीय नेताहरूलाई आगामी संविधानसभाको चुनावले छोएको छ । पार्टीले युवा विद्यार्थीलाई संविधानसभामा आफ्नो दलबाट प्रतिनिधित्व गराउने भएपछि विभिन्न क्षेत्रबाट सिफारिसमा परेका विद्यार्थी उम्मेदवार चुनावी मैदानमा देखिएका हुन् ।
मुख्य दल एमाले, कांग्रेस र एमाओवादीले विद्यार्थी संगठनका नेतालाई निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकमा उम्मेदवार बनाउन थालेपछि चुनावी माहोल सुरु भएको हो ।
पहिलो नम्बरमा सिफारिसमा परेका शर्मा बिहानैदेखि आफू उठ्ने क्षेत्रमा केन्द्रित हुने गरेका छन् । ‘पार्टीले मलाई जित्ने भएपछि प्रत्यक्षतर्फ उठाउन थालेकोले अहिले म पूरै चुनाव केन्द्रित अभियानामा लागेको छु,’ शर्माले भने, ‘पहिले युवा नभएकाले संविधान बनेन । तर, हामी कि त संविधान बनाउनेमा सहमति गराउछौँ । नभए प्रक्रियामा लैजान्छाँै ।’
शर्माले युवाहरूबाट जनताले आशा गरेको हुनाले सबै पार्टीहरूले विद्यार्थीलाई उम्मेदवार बनाउन थालेको जानकारी गराए । बागलुङ–२ बाट पनि प्रत्यक्षमा सिफारिस परेका शर्मा काठमाडौं–६ बाट उठ्ने तयारीमा रहेका छन् ।
नेविसंघका अध्यक्ष रञ्जित कर्णलाई पनि चुनावी माहोलले तानेको छ । उनी पटक–पटक गृहजिल्लामा चुनावी वतावरण बनाउन पुग्छन् । ‘पार्टीले हामीलाई सिफारिस गर िपठाएको छ । त्यसैले हामी अहिले चुनावमा होमिएका छौँ, ’उनले भने ।
निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीका १८, नेविसंघका पाँच, र अनेरास्ववियुबाट दुई जना केन्द्रीय कमिटीका विद्यार्थी नेताहरू प्रत्यक्षतर्फ सिफारिसमा परेका छन् । अखिल क्रान्तिकारीका समानुपातिकमा तीन जनामात्र परेका छन् भने अखिलले समानुपातिकमा निवर्तमान पदाधिकारी ११ जना र नेविसंघले २३ जना पार्टीको जिल्लातहबाट सिफारिसमा परेका छन् ।
महोत्तरी–५ बाट प्रत्यक्षतर्फको सिफारिसमा परेका अखिलका सरोज यादवलाई पनि चुनावले छोएको छ । अखिलको महाधिवेशनले गर्दा काठमाडांै आएका यादव संविधानसभाको चुनावका लागि गृहजिल्लातिर केन्द्रित हुने बताउछन् । ‘अखिलको चुनावपछि म आफ्नो क्षेत्रतिर जान्छु,’ उनले भने । यादव आफ्नो क्षेत्रबाट भोटिङ गरेर चुनियपछि सिफारिसमा परेका हुन् । उनी प्रत्यक्षतर्फ पहिलो नम्बरमा परेका छन् ।
अखिल क्रान्तिकारीबाट उपाध्यक्षहरू जागृत रायमाझी मकवानपुर–२, रमेश मल्ल काठमाडांै–२, निशा साह सिरहा–५ र सुदीप कुँवर पर्वत–१, महासचिव विन्दमान बिष्ट सुर्खेत–३ र कालिकोटबाट समानुपातिकमा सचिवद्वय नरेन्द्र न्यौपाने बाके–१, अनिता शर्मा काठमाडौ–१, तेजकुमारी पौडेल कास्की–३, अइन्द्र बेघा सुनसरी–१, रञ्जित तामाङ झापा–३, ललित धलाल मकवानपुर–३ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस परेका छन् ।
नेविसंघ तर्फबाट अध्यक्ष कर्णसहित बिर्ख रावल कैलाली–१, क्षितिज भण्डारी कैलाली, विवश वाइवा सिन्धुली, जित शेरचन बाग्लुङ र विमलचन्द्र बिष्ट ललिलपुरबाट प्रत्यक्षतर्फको उम्मेदारमा सिफारिसमा परेका छन् ।
यस्तै, अखिलमा यादवसँगै यसु लामा काभ्रे–१ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिसमा परेकी छन् । एमाले पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटी र अनेरास्ववियुले संविधानसभाका लागि निवर्तमान पदाधिकारीहरूलाई समानुपातिकतर्फबाट सिफारिस गरेको छ । समानुपातिकमा निवर्तमान अध्यक्ष माधव ढुंगेल, निवर्तमान उपाध्यक्ष सुधीर शाह, नवीना लामा, नवराज पौडेल, भीम राई र लक्ष्मण लम्साल, महासचिव किशोरविक्रम मल्ल, सचिव सरोज यादव, रचना खड्का, बचनसिह र कोषाध्यक्ष दीपक गौतम परेका छन् ।
नेविसंघबाट लेखनाथ पोखरेल अर्धाखाची–१, ऋषिकेशजंग शाह सल्यान–१, उमा थापामगर, बाके–३ अञ्जन लामा काठमाडांैलगायत २३ जना वर्तमान केन्द्रीय कमिटीहरू समानुपातिकमा परेका छन् । समानुपातिकतर्फ सिफारिस परेका शाहले नयाँ पुस्ताले धेरै कुरा बुझेकाले संविधान बनाउने दाबी गरे ।
संघमा लामो समय काम गरेका तर अहिले भूमिका नपाएका ८७ जना पनि सिफारिसमा परेका छन् । पार्टीको तल्लो तहले प्रत्यक्षतर्फ ३३ र समानुपातिकतर्फ ५४ जना संघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सिफारिस गरेको छ ।
समानुपातिकतर्फका उम्मेदवार लेखनाथ पोखरेलले युवा विद्यार्थीलाई उम्मेदवार बनाउन पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवालाई आग्रह गरेको बताए ।

प्रतिक्रिया