सेना खटाउन बाधा फुकाउको सिफारिस

काठमाडौं, ८ असोज । अन्तरिम चुनावी मन्त्रिपरिषद्ले अन्तरिम संविधान संशोधन गरेरै भए पनि संविधानसभा चुनावमा सेना परिचालन गर्न राष्ट्रपति डा. रामवरण यादवसमक्ष सिफारिस गरेको छ । बाधाअड्काउ फुकाउ आदेशबाट अन्तरिम संविधान संशोधन गरेर पनि सेना परिचालन गर्न सरकारले सोमबार राष्ट्रपति डा. यादवकहाँ सिफारिस पठाएको हो ।

संविधानसभा चुनावमा बलियो सुरक्षास्थिति बनाउन भन्दै सरकारले यसअघि सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले असंवैधानिक तरिकाबाट सेना परिचालन गर्न नसकिने जवाफ फर्काएपछि बाधा अड्काउ फुकाउ आदेशबाट संवैधानिक अड्चन फुकाउन सिफारिस गरिएको छ ।

प्रतिक्रिया