हरिवंश सर्वाधिक लोकप्रिय व्यक्ति

Harivans-Acharyaपछिल्लो समय गरिएको एक सर्वेक्षणमा चर्चित हास्यकलाकार सर्वाधिक लोकप्रिय व्यक्तिमा परेका छन् । चर्चित दश व्यक्तिभित्र कलाकार आचार्य पहिलो स्थानमा परेका हुन् । हास्यकलाकारिता सँगसँगै समाजिक कार्यमा समेत उत्तिकै सक्रिय आचार्यलाई सबै उमेर समूहका व्यक्तिले मन पराएका छन् । यति मात्र होइन, उनको पछिल्लो पुस्तक चिना हराएको मान्छेले पनि हरिबंशलाई थप चर्चित बनाएको हो । कलाकारिताको क्षेत्रमा तीन दशकदेखि सक्रिय हरिबंशको अभिनय मन नपराउने सायदै होलान् । त्यसैले पनि उनी सर्वाधिक लोकप्रिय दश व्यक्तिको शीर्ष स्थानमा पर्न सफल भएका हुन् ।
शीर्ष दश लोकप्रिय व्यक्तिभित्र अधिकांश कलाकार नै छन् । नेपाली चलचित्रका महानायक राजेश हमाल भने छैटौं स्थानमा परेका छन् । यसले उनको लोकप्रियता क्रमश: खस्कँदै गएको संकेत गर्छ । सिने क्षेत्रका बौद्धिक व्यक्तिका रूपमा चिनिन्छन् हमाल । प्रेम र विवाहका प्रसंगले पनि उनी सधैँ चर्चामा रहने गरेका छन् । चलचित्र क्षेत्रमा उनले दुई दशक बिताइसकेका छन् ।
पूर्वमिस नेपाल माल्भिका सुब्बा आठौं नम्बरमा परेकी छिन् । सर्वेक्षणमा सहभागीहरूले ज्वलन्त सामाजिक विषयमा माल्भिकाले गर्ने कडा टिप्पणीले उनलाई मन पराएको बताएका छन् । अभिनेत्री नम्रता श्रेष्ठ सर्वाधिक लोकप्रिय व्यक्तिको दसौं नम्बरभित्र अटाएकी छिन् । दसौं नम्बरमा परेकी नायिका श्रेष्ठको सुन्दरताका साथै उनको अभियनलाई धेरैले मन पराएका हुन् ।
आचार्यपछि दोश्रो नम्बरमा सिएनएन हिरो तथा समाजसेवी पुष्पा बस्नेत परेकी छिन् ।  तेस्रो स्थानमा चर्चित युवा नेता गगन थापा परेका छन् । थापालाई सर्वेक्षणमा सहभागी धेरैले जुझारु र सम्भावना बोकेको नेताका रूपमा लिएका छन् । थापापछि चौथोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का परेका छन् भने शीर्ष पाँचभित्र फुटबलर बिमल थापा अटाएका छन् । नेपाल राष्ट्रिय फुटबल टिमका सबैभन्दा कान्छा खेलाडी बिमल पाकिस्तानसँग खेलिएको फुटबल खेलमा थपिएको समयमा गोल गरेर चर्चामा आएका थिए । लेखिका तथा पूर्वभिजे शिवानीसिंह थारु सातौं नम्बरमा र बैंकर अनिल शाह नवौं नम्बरमा परेका छन् । (सौस)

प्रतिक्रिया