नेप्से घट्यो

काठमाडौ : साताको पहिलो दिन नेप्से परिसूचक ७ दशमलव ४७ अंकले घटेर ५ सय ४१ दशमलव ५१ अंकमा सीमित रहेको छ । सेयर कारोबार सुचारु भए पनि लगानीकर्ताले आफ्नो सेयर बिक्री गर्न थालेपछि बजार तल खस्किन थालेको हो ।

आइतबार सबैभन्दा बढी जलविद्युत् समूहको सूचकांक ३१ दशमलव २५ अंकले घटेर १ हजार २ सय ६६ दशमलव ९८ मा झरेको छ । बैकिङ समूहको ९ दशमलव ७ ले घटेर ५ सय १६ दशमलव ५९ मा सीमित रहेको छ । बिमाको सूचकांक पनि २४ दशमलव शून्य ४ ले घटेर १ हजार ३ सय २२ दशमलव ५३ मा रहेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया