बाँके राष्ट्रिय निकुञ्जमा चार पाटेबाघ

Tigerनेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको रूपमा चिनिएको चार पाटेबाघ रहेको पुष्टि भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वर्णबहादुर थापाले नेपालमा एक सय ९८ वयस्क पाटेबाघमध्ये चार बाँके निकुञ्जमा रहेको बताएका छन् । दुर्लभ पाटेबाघको संरक्षणका लागि २०६७ मा स्थापित निकुञ्जमा चारदेखि सात वटासम्म पाटेबाघ रहेको अनुमान गरिएको थियो । तर, गणनामा चार मात्र रहेको पुष्टि भएको निकुञ्जका सहायक संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । (सौस)

प्रतिक्रिया