गौतमलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

काठमाडौं : यस वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार देवेन्द्र गौतमले प्राप्त गरेका छन् । पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ । यसैगरी, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार कालीकोटको नेपाली आवाज एफएमले पाएको छ । यसको पुरस्कार राशि ४० हजार रहेको छ । प्रेस काउन्सिल युवा सशक्तीकरण पुरस्कार उदयपुरकी बबिता परियारले पाएकी छिन् । यो पुरस्कार राशि २० हजार रुपियाँ रहेको छ । परियार त्रियुवा एफएममा कार्यरत छिन् । प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार शब्द संयोजन, प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कार केदार सुवेदी, प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार लक्ष्मी पुन र प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार माधव विद्रोहीलाई प्रदान गरियो ।
यसैगरी, प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार सुधा देव र प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार अजित तिवारी र लक्ष्मी शाहले पाए । पुरस्कार राशि २० हजार रुपियाँ रहेको छ । यसैगरी, गजेन्द्र बुढाथोकी, नेत्र पन्थी र हदिस खद्दारले प्रेस काउन्सिल सशक्त कलम पत्रकारिता पुरस्कार पाएका छन् । कार्यवाहक प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र सूचना तथा सञचारमन्त्री माधवप्रसाद पौडेलले पुरस्कार प्रदान गरे । (सौस)

प्रतिक्रिया