निर्वाचनका लागि सकारात्मक सहयोग : रेग्मी

Khilraj-Regmi'sकाठमाडौं, ६ असोज । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्नका लागि सरकार क्रियाशील रहेको बताएका छन् ।
राजधानीमा आज (आइतबार) आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले सकारात्मक सहयोग र रचनात्मक सहभागितामा मात्रै चुनाव हुन सक्ने बताए ।
‘निर्धारित समयमा चुनाव गराउन सरकार क्रियाशील छ,’ उनले भने, ‘यस्तो अवस्थामा निर्वाचनप्रति सकारात्मक हुंदै रचनात्मक सहभागिता कायम गर्दै क्रियाशील हुन सबैसंग आग्रह गर्दछु ।’
नेपालको वर्तमान सन्दर्भमा राजनीतिक स्थायित्वका लागि संवेदनशील हुनुपर्ने आवश्यकता रहेको उनले बताए । ‘भन्ने कुरा मैले संधै अभिव्यक्त गर्ने गरेको छु,’ रेग्मीले भने, ‘नेपाली जनताको संविधान निर्माणमा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नका लागि निर्वाचन एकमात्र विकल्प हो ।’
उनले अहिले सरकारका सबै प्रयासहरु आगामी मंसिर ४ गतेको संविधानसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न केन्द्रित रहेको बताए ।

प्रतिक्रिया