काठमाडौं, ६ असोज । विवादमा परिरहने जनजाति आन्दोलनका नेता आङ्काजी शेर्पा संघीय समाजवादी पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको सूचीमा परेका छन् ।
गृह जिल्ला सोलुखुम्बुको सिफारिसमा आङ्काजीलाई समानुपातिकमा राखिएको हो । सोलुखुम्बुबाट पराजित हुने निश्चित भएपछि आङ्काजीले समानुपातिक उम्मेदवारमा दावी गरेका हुन् ।
पत्रकारसंग अत्याधिक त्रसिने आङ्काजी बेलाबेलामा विवाद र चर्चामा आईरहन्छन् । एनजीओ, आईएनजीओमा पनि उनको राम्रो दखल छ । आङ्काजी जनजाति महासंघमा महासचिव समेत भईसकेका व्यक्तित्व हुन् ।
पार्टी नीति विपरित कार्य गरेको भन्दै आङ्काजीलाई एमालेले कारबाही गरेर निष्काशन गरेको थियो । उनी सोलुखुम्बुमा एमालेको जिल्ला कमिटीमा उपसचिव भईसकेका व्यक्ति हुन् । जनजाति आन्दोलन चर्काएको आरोप उनलाई छ ।
यसैबीच, समाजवादी पार्टीले जिल्लाबाट उम्मेदवारका नाम आउने क्रम जारी रहेको जनाएको छ । सो पार्टीले आज (आइतबार) विज्ञप्ति जारी गरेर सफारिस भएका उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
धनकुटाको एक नम्वर क्षेत्रमा रकम चेम्जोङले प्रत्यक्षमा उम्मेदवारी दिन छन् । चेम्जोङ पार्टीका उपाध्यक्ष हुन् । धनकुटा–२ बाट प्रत्यक्षतर्फ राजकुमार राईले उम्मेदवारी दिने विज्ञप्तिमा जनाईएको छ ।
भोजपुर–१ बाट प्रत्यक्षमा अजम्बर काङमाङ राईले उम्मेदवारी दिने छन् । राई उपमहासचिव हुन् । तेर्हथुमबाट प्रत्यक्षमा बिजय सुब्बा उम्मेदवार बन्दै छन् । उनी उपाध्यक्ष हुन् ।
प्रतिक्रिया