छोरी बलत्कार गर्ने पत्रकार पोखरेल पक्राउ

Ramesh Pokharelकाठमाडौं, ६ असोज । आफ्नै छोरी बलत्कार गरेको अभियोगमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं मेची अञ्चल संयोजक रमेश पोखरेल पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा जिल्ला निवासी रमेश पोखरेललाई प्रहरीले शनिबार काठमाडौंको बागबजारस्थित चौतारीको कार्यालयबाट नियन्त्रणमा लिएको हो । पोखरेलकी पत्नीको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले जानकारी दिए ।
छोरी बलत्कार पछि केन्द्रीय सदस्य पोखरेल भागेर काठमाडौं आएका थिए । उनलाई झापा प्रहरीको अनुरोधमा महानगरीय प्रहरी बृत्त सिंहदरबारका नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । ‘पत्रकार रमेश पोखरेललाई शनिबार बागबजारबाट पक्राउ गरेका हौं,’ उनले भने, ‘छोरी बलत्कारको आरोप लागेको सुनेको छु ।’
उता, झापाका प्रहरी प्रमुख उपरीक्षक बस्नेतले पत्रकार पोखरेलकी पत्नीको उजुरीका आधारमा पक्राउगरेर कारबाही सुरु गरिएको जानकारी दिए ।
पोखरेलकी पत्नीले ईलाका प्रहरी कार्यालय दमकमा उजुरी दिए पछि प्रहरीले खोजी गरी रहेको थियो ।
उता, प्रेस चौतारी नेपालले आफ्ना केन्द्रीय सदस्य एवं संयोजक पोखरेललाई साधारण सदस्य समेत नरहेन गरी कारबाही गरेको छ । शनिबार राजधानीमा बसेको चौतारीको पूर्ण बैठकले पोखरेलाई कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘रमेश पोखरेलका विषयमा गम्भीर प्रकृतिको चारित्रिक आरोप लागेको हुनाले प्रेस चौतारी नेपालको साधारण सदस्यसमेत नरहने गरी हाललाई संगठनबाट निष्कासन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । (तस्विर फेसबुकबाट साभार)

प्रतिक्रिया