मध्यपुर थिमी खुला दिसामुक्त क्षेत्र घोषणा

Bhaktapur-Newsभक्तपुर : मध्यपुर थिमी नगरपालिकाले वडा नम्बर १७ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ ।
नगर प्रमुख दुर्गादेवी देवकोटाले उक्त क्षेत्रलाई शनिबार खुला दिसामुक्त क्षेत्र घोषणा गरेकी हुन् । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष रघु पन्त, संसद् सचिवालयका सचिव सोमबहादुर थापा, सहभागी यदुनाथ पौडेल, अभयन्द्र रञ्जित, जीवन सिजापतिलगायतले खुला दिसामुक्त क्षेत्र घोषणा अभियानलाई जिल्लाको सबै क्षेत्रमा पुर्‍याउनुपर्ने धारणा राखे । उनीहरूले खुला दिसा मुक्त क्षेत्र मात्र घोषणा गरेर नहुने बताउँदै सोहीअनुरूप कार्यान्वयनतर्फ पनि सम्बन्धित निकायको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए ।
घोषणा सभामा महिला अभियान नेपाल, आकाश मार्ग, कैलाश मार्ग टोल सुधार समिति, नाट्येश्वरी साधना केन्द्र, आदर्श, एसओएस हर्मन माइनर उमावि, सौराष्ट्र, श्री प्राविलगायत स्कुल तथा महानगरीय प्रहरी प्रभाग सानोठिमीले नगर परिक्रमा गरेको थियो । ‘सांस्कृतिक, ऐतिहासिक मध्यपुर नगर, स्वच्छ, सफा खुला दिसामुक्त हाम्रो सहर’ नाराका साथ नगर परिक्रमापश्चात् महेन्द्र निमावि प्रांगणमा कोणसभा गरी खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । (सौस)

प्रतिक्रिया