एक्सेल्सियर र ग्रिनफिल्ड क्वाटरफाइनलमा

footballडिफेन्डिङ च्याम्पियन द एक्सेल्सियर स्कुल र ग्रिनफिल्ड तेस्रो द एक्सेल्सियर कपअन्तर्गत जुनियर ब्वाइज बास्केटबलतर्फ शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले दीपज्योतिलाई ४०–२७ ले पराजित गर्‍यो । विजेताका निमा फेन्जो गुरुङले २१ अंक जोडे । त्यस्तै, अनिश भण्डारीको ८ अंक सहयोगमा ग्रिनफिल्डले ग्यालेक्सीलाई १४–६ ले हरायो । जुनियरतर्फ नै द स्काइलार्क स्कुलले स्वर्णिमलाई २०–८ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गर्‍यो । विजेताका मनीष चुबनले १२ अंक जोडे । सियिनर ब्वाइज बास्केटबलमा ड्याफोडिल र डिफेन्डिङ च्याम्पियन निम्स क्वाटरफाइनलमा पुगे । ड्याफोडिलले एक्सेल्सियरलाई ४५–२८ ले हराउँदै समूह ‘डी’को विजेता बन्यो । ड्याफोडिलको जितमा निमा टासी शेर्पाले १५ अंक योगदान गरे । हारका बावजुद उपविजेताका रूपमा एक्सेल्सियर पनि क्वाटरफाइनलमा प्रवेश गर्‍यो । निम्सले न्यू अरूणोदयलाई ४५–२९ ले पाखा लगायो । निम्सका आकाश नकर्मीले १४ स्कोर गरे । फुटबल : दीपज्योति र एप्पल क्वाटरफाइनलमा
एक्सेल्सियर कपअन्तर्गत जुनियर ब्वाइजको फाइभ ए साइड फुटबलमा डिफेन्डिङ च्याम्पियन दीपज्योति र एप्पल एकेडेमी क्वाटरफाइनलमा पुगेका छन् । दीपज्योतिले गिताञ्जलीलाई ३–० ले हरायो भने एप्पलले ड्याफोडिलको चुनौती २–१ ले समाप्त पार्‍यो । अन्य खेलमा चेल्सी इन्टरनेसनल एकेडेमीले काभ्यालाई १–०, एलआरआईले इम्पेरियललाई २–० तथा एक्सेल्सियरले त्रिरत्नलाई १–० ले हराए । एक्सेल्सियरका निमेश गोतामेले १ गोल गरे ।

प्रतिक्रिया