वन्यजन्तु प्राविधिक तालिम

ललितपुर : राष्ट्रिय प्रकृतिक संरक्षण कोष, राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण विभागको संयुक्त आयोजनामा विभिन्न वन्यजन्तु तथा पन्छीलाई हुन सक्ने विभिन्न रोगको संक्रमणबाट संरक्षण गर्न चारदिने वन्यजन्तु प्राविधिकको तालिम शुक्रबार सम्पन्न भएको छ ।
जावलाखेलस्थित सदर चिडियाखानामा आयोजना गरिएको उक्त तालिममा बर्डफ्लु, खोरेत, पशु तथा पन्छीलाई बेहोस गराउने तथा तिनीहरूको आवश्यकताअनुसारको परीक्षण र त्यसपछिका उपचारलगायत तालिम प्रदान गरिएको थियो ।
देशमा वन्यजन्तुसम्बन्धी प्राविधिक कम भएकाले गुणस्तरीय जनशक्ति बढाउनको लागि सो तालिम सञ्चालन गरिएको वरिष्ठ संरक्षण अधिकृत नरेश सुवेदीले बताए । नेपाल पशु चिकित्सा परिषद्का रजिस्टार नारायणप्रसाद घिमिरेले पशुको स्वास्थ्यसँग मानिसको स्वास्थ्य जोडिएका कारण मानिसको जस्तै सरकारले भेटेनरी डाक्टरको पनि न्यूनतम योग्यता तोकिनुपर्ने सुझाब दिए ।
तालिममा शुक्लफाँटा वन्यजन्तु आरक्षण, बर्दिया राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र मनास्लु संरक्षण क्षेत्रबाट आएका २२ प्रविधिकको सहभागिता थियो ।

प्रतिक्रिया