संस्कृतिको जगेर्ना गर्न अनन्ते र चौदस मेला

Jamara-Boke-Ka-Mahilaबाजुरा,५ असोज । बाजुरामा संकृतिको जगेर्ना गर्न  मार्तडी, वाइमा  अनन्ते र चौदश मेला सुरु भएका छन् ।

भाद्र पञ्चमीको दिनबाट सुरु हुने अनन्ते मेला विधिवत हरूमा शुक्रबारबाट सुरु  भएको छ । जिल्लावासीको दसँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रूपमा मानिने अनन्ते, चौदश मेला तीन दिनसम्म देउडा खेलेर मनाउने परम्परा रहेको छ । महाभारतमा कौरवसँगको लडाईंमा पाण्डवहरूले गरेको विजय प्राप्तिको खुसीयालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रूपमा यो पर्व हरेक वर्ष बाजुरामा मनाउने गरिन्छ ।
अनन्ते मेला अन्यायको अन्त्य भन्ने शब्द अपभ्रम्स भएर उत्पति भएको किंवदन्ती रहेको छ । व्रतवन्दमा अनन्त: धारण गर्ने परम्परा रहेकोले यो पर्व पूर्णिमाको दिनबाट सुरु गरेर भगवानको भजनकृतन र महापुरुषले गरेका कल्याणकारी कार्यलाई समुदायबीच गीत गाथाको माध्यमद्वारा सुसूचित गरिने परम्परा रहेको स्थानीय नरजंग शाहीले बताए ।
अनन्तेमेला अवधिभर मागल र गीत गाएर महाभारतको युद्धमा कौरव र पाण्डवबीचको युद्ध संवाद, योद्धाले देखाएको युद्ध कुशलता जस्ता कार्यको वर्णन गरेको पाइन्छ । स्थानीय लोकसंस्कृति र जिल्लाको पहिचान स्वहरू मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटिचौर, बुढीगंगा, वाईलगायत एक दर्जन बढी गाविसमा धुमधामका साथ मनाइने गरिन्छ । देउडा संस्कृतिको जगेर्ना, आफन्तसँगको भेटघाट र मित्रताको सुरुआतको संकेतहरू पनि यस पर्वलाई मनाउने गरिएको स्थानीयवासीले बताउने गरेका छन् । मेलाको अवसर पारेर यतिखेर छिमेकी गाविस, लेक खर्क वेशीबाट आफन्त, गोठाला, विद्यार्थी र कर्मचारी एकठाउँ जम्मा हुने गरेका छन् ।
यो मेला सुदूरपश्चिमका अन्य ठाउँमा पनि मनाउने प्रचलन बढ्दै गएको छ भने जिल्लाको बाह्रबिसे, कुल्देमाडौं, ब्रहम्तोला, गाविसमा पनि यो मेला विस्तार हुँदै गएको छ ।  पुरुषको पर्वका रूपमा चिनिने अनन्ते मेलामा पुरुषहरू गोल घेरामा लाम लागि हातमा काँसा घातुबाट निर्मित मिजुरा बजाएर दुईपट्टीले पालै पालो गीत, गाथा  गाएर रमाइलो गर्ने गर्छन् भने महिलाहरूले अनन्तेको पहिलोदिन जमरा कलशमा सजाएर भित्र्याउने चलन रहेको छ । अनन्ते पर्वलाई शान्त वातावारणमा सम्पन्न गर्न युवा क्बल, असल शासन क्लब स्थानीय प्रहरी सक्रिय भएर लागेका छन् । मेलामा मदिरा सेवन गरी होहल्ला गर्नेलाई कानुनी कारबाही गरिने पनि बताइएको छ ।

प्रतिक्रिया