काठमाडौं, ४ असोज । बिभिन्न वितण्डा र विवादमा मुछिएकी कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउन एमाओवादीले सहमति जनाएको छ ।
एमाओवादीको कोटामा राजदूत बनेकी शर्माले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्धमा असर पर्ने गरेर गतिविधि गर्न थाले पछि फिर्ता बोलाउने कुटनीतिक दवाव परेको थियो ।
शर्माका बिरुद्ध समाचार प्रकाशित हुन थाले पछि एमाओवादीको आज (शुक्रबार) राजधानीमा बसेको केन्द्रीय कार्यालयको बैठकले राजदूत शर्मालाई फिर्ता बोलाउन सरकारलाई सुझाव दिएको हो । स्रोतका अनुसार दाहालले राजदूत शर्मालाई पदबाट राजीनामा दिएर स्वदेश फिर्ता हुन सुझाव दिएका छन् ।
नेपालका लागि कतारी राजदूत अहमद जासेम अल हमरले मंगलबार परराष्ट्रमन्त्री माधव घिमिरेसँग भेट गरेर शर्मालाई फिर्ता बोलाउन सुझाव दिएका थिए ।
प्रतिक्रिया