भारतीयका कारण पोल्ट्री व्यवसाय संकटमा

Kukhurasकाठमाडौ, ४ असोज । नेकपा–माओवादीका सचिव देव गुरुङले नेपालमा भारतीय एकाधिकार बजारका कारण पोल्ट्री व्यवसाय संकटमा परेको आरोप लगाएका छन् ।
राजधानीमा आज (शुक्रबार) आयोजित कार्यक्रममा गुरुङले आयातित गुणस्तरहीन दाना, भ्याक्सीन र चल्लाका कारण वर्डफ्लु भित्रिएको बताए । ‘भारतीय एकाधिकार बजारका कारण नेपालमा कुनै पनि उद्योगधन्दा फस्टाउन सकेका छैनन् ।’ उनले भने ।
भारतकै कारण विगतमा गलैंचा उद्योग र गार्मेन्ट उद्योग धरासायी भएको उनले बताए । ‘आत्मनिर्भर बन्न पुगेको पोल्ट्री व्यवसाय पनि भारतीय एकाधिकार बजारको सिकार बन्दै गयो,’ उनले भने ।
एमाओवादीका केन्द्रीय सदस्य देवेन्द्र पौडेलले सरकारको ढिलासुस्ती र लापरवाहीका कारण बर्डफ्लु रोग लागेको बताए । ‘यो षड्यन्त्र भएको जस्तो पनि छ,’ उनले भने, ‘सरकारले प्राविधिक समिति बनाएर छानविन गर्नुपर्छ ।’
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले ब्यवसाय गर्दा नाफा घाटा स्वयंमको हुने भएपनि अहिले महामारी फैलिएका बेला सरकारले बैंक ब्याज मिनाहा र राहत दिन पर्ने बताए ।
नेपाल दाना उद्योग संघका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले नेपालमा आत्मनिर्भर बनेको पोल्ट्री व्यवसाय राज्यको गैरजिम्मेवारीपनले गर्दा धरासायी भएको बताए ।

प्रतिक्रिया