काठमाडौं, ४ असोज । मादक पदार्थ सेवन गरेर सवारी साधनमा तोफोड गर्ने चितवन घर भएका चार जनाको समूहलाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका उनीहरुले बिहीबार राति बा ३ च ७१०६ नम्बरको कारलाई खड्ग भद्रकाली–६, गोल्फुटार चोकमा ढुंगा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ । ढुङ प्रहारबाट कारको अगाडि र बाँया साईडको झ्यालको शिशा फुटेका छन् । कार महाराजगंजबाट बुढानिलकण्ठ तर्फ जाँदै थियो ।
ढुङगाले लागेर कार चालक खड्ग भद्रकाली–६ का ४० बर्षीय राजेन्द्र महर्जनको दाहिने आंखामा सामान्य चोट लागेको छ । सोही कारमा सवार रहेकी ४० बर्षीया नीना भेटवाल पनि सामान्य घाईते भएका छन् ।
पक्राउ पर्नेमा चितवन जगतपुर–५ घर भएका २५ बर्षीय प्रकाश लामिछाने उनकी पत्नी २३ बर्षीया गीता श्रेष्ठ, २६ बर्षीय राजकुमार लामिछाने र २४ बर्षीया निर्मला क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया