अमेरिकी सैन्य विमानले हल्लीखल्ली

American-Airकाठमाडौं : भारतको दिल्ली हुँदै बिहीबार दिउँसो दुई बजेर २० मिनेटमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको अमेरिकी वायु सेना एयर फोर्सको विमान करिब तीन घन्टा बसेर फिर्ता भएको छ ।
बेलुका पाँच बजेर १० मिनेटमा उडेको उक्त हर्कुलस कार्गो विमानले अमेरिकी दूतावासका सामान ल्याएको स्रोतले जनाएको छ । विमानले के र कति परिमाणमा सामान ल्याएको जानकारी
अमेरिकी सैन्य विमानले हल्लीखल्ली भने कुनै निकायसँग छैन । फेसबुक, ट्विटरलगायतमा विमानका तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विमानबारे हल्लिखल्ली मच्चिएको थियो । यसरी आफ्नो दूतावासका आन्तरिक सामान र विभिन्न तालिमका सामान ल्याएर सम्बन्धित देशका जहाजहरू आइरहने भएकाले यो घटना नौलो नभएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
‘आफ्नो दूतावासका सामान ल्याउने विमानहरू दिल्ली हुँदै काठमाडौं र त्यसपछि ढाका हुँदै आवतजावत गरिरहन्छन् । त्यसैले यो नौलो विषय होइन,’ प्राधिकरणका एक उच्च अधिकारीले सौर्यसँग भने, ‘यसो गर्दा सम्बन्धित देशले विमान पठाउनुभन्दा दुई महिनाअघि नै रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाली सेना, नागरिक उड्ययन प्राधिकरणलगायतबाट अनुमति लिने गर्छन् ।’
दुई महिनाअघि नै स्वीकृति लिएर विभिन्न देशका विमान आउने गरेकोमा अमेरिकी विमान बढी पर्ने उनले बताए ।

प्रतिक्रिया