सिराहामा पढाई बन्द गरेर शिक्षक आन्दोलित

School 1सिराहा, ३ असोज । तलव बृद्धि, दुर्गम भत्ता, पोशाकलगायत ६ सूत्रीय माग राखेर राहत शिक्षकहरुले गरेको आन्दोलनका कारण चार दिन देखि सिराहामा पठन पाठन प्रभावित भएको छ ।
पेशागत माग राखेर राहतका क्षिकहरु आन्दोलनमा उत्रिए पछि हज्जारौ विद्यार्थी पढ्नबाट बञ्चित भएका हुन् । शिक्षकहरु विद्यालयको पठन पाठन बन्द गरेर जिल्ला शिक्षा कार्यालयमा धर्ना समेत बसेका छन् ।
शिक्षकहरु कार्यालयको मुल गेटमै धर्ना बसे पछि शिक्षा कार्यालयको कामकाज पनि प्रभावित भएको छ ।
विद्यालयहरुमा दरबन्दी शिक्षक अपुग भए पछि विषयगत शिक्षक बनाइएका राहत शिक्षकहरुनै आन्दोलनमा उत्रिए पछि विद्यार्थीले दु:ख पाएका हुन् ।
माग पुरा गराउन दवाव दिन राहत शिक्षक आन्दोलन र धर्नामा उत्रिए पछि विद्यालयको पढाई अबरुद्ध भएको बाल मन्दिरका प्राधानाध्यापक श्रीनारायण यादवले बताए ।
सिरहामा ३ सय ६७ प्रावि, ५३ निमावि र ३४ माविमा ५ सय ५९ शिक्षक राहतका छन् ।

प्रतिक्रिया