अखाद्यबस्तु बिक्री गर्ने पसल कारबाहीमा

Bazarचितवन, ३ असोज । जिल्ला प्रशासन कार्यालय चितवनले खानेकुरामा अखाद्य पदार्थ मिसाएर बेचेको आरोपमा ९ पसल माथि मुद्दा दर्ता गरी कारबाही शुरु गरेको छ । उनीहरुलाई कानून अनुसार हदै सम्मको कारबाही हुने छ ।
स्थानीय प्रशासनले चितवनमा साउनदेखि भदौ मसान्तसम्म २ सय ७५ पसलमा अनुगमन गरेको थियो । मिसावट गरी अखाद्य पदार्थ बिक्री गरेको भन्दै प्रशासनले ९ पसललाई कारबाहीको दायरामा ल्याएको हो ।
कारबाही हुनेमा ओम मीष्ठान्न भण्डार, आरसी किराना पसल, युनाईटेड सप्लायस, सुवेदी मीष्ठान्न भण्डार, छाहारी होटल, न्यू थकाली होटल एण्ड खाजा घर, विकल्प ट्रेडस, राजेश मीष्ठान्न भण्डार, सपना कोल्ड स्टोर रहेका छन् ।
त्यस्तै, २२ वटा पसलहरु अनुसन्धान दायरामा रहेको बजार अनुगमन निर्देशक नवीन देउजाले बताए । अनुसन्धानको दायरामा रहेका २२ मध्ये होटल र मीठाई पसल धेरै छन् ।
बिक्रीका लागि राखिएको खान अयोग्य ७ सय ५० लिटर पेय पदार्थ, ८ किलो मसला, १ सय ८० किलो मैदा, १ सय ६ प्याकेट विस्कुट, २२ प्याकेट चक्लेट नष्ट गरिएको थियो ।
१ सय ३१ किराना पसल, ३५ मासु पसल, २४ औषधि पसल, ७ उद्योग, १६ दुधडेरी, २ तरकारी पसलमा समेत अनुगमन गरिएको स्थानीय प्रसाशनको भनाई छ ।
बजार अनुगमनलाई तिव्रता दिंदै आएको प्रशासनले चितवनका ग्रामिण भेगका बजारहरुमा पनि बजार अनुगमन गर्ने वाणिज्य अधिकृत विष्णुभक्त पौडेलले जानाकारी दिए ।
अधिकांस पसलहरुमा मूल्य सूची नराखेको, ढक तराजु लागायतका नाप तौलको नवीकरण नभएका लगायतका लापरबाही अनुगमनका क्रममा भेटिएका थिए ।

प्रतिक्रिया