चितवन उमाविविरुद्व अवहेलना गरेको भन्दै मुद्दा दायर

चितवन, ३ असोज । अदालतको अवहेलना गरेको भन्दै चितवन उच्चमाध्यमिक विद्यालय व्यवस्थापनविरुद्व पुनरावेदन अदालत हेटौँडामा अवहेलना मुद्दा दायर भएको छ । विद्यालयका जग्गामा व्यवसाय गर्दै आएका अम्बिका अमात्यले पुनरावेदन अदालतको अवहेलना भएको भन्दै रिट दायर गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको म्याद सकिएपछि पनि पदमा बसिरहनको लागि गोरखापत्रमा दुईपटक प्रकाशित र तीनपटक परिपत्र गरिएको विषय थाहा नभएको भनेर पुनरावेदन अदालतमा विद्यालयले लिखित पेश गरेपछि विद्यालयविरुद्व अवहेलना रिट दायर गरिएको मंगलबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

विद्यालय व्यवस्थापन समितिको पदावधि जेठ मसान्तबाट गणना गर्न शिक्षा सचिवबाट २०६९ सोलको २५ वैशाखमा निर्णय भएको र शिक्षा विभागले २०६९, १ असारदेखि १६ सम्म गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो । त्यसैगरी, २०६९ ५ र १५ साउनमा सबै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालयलाई परिपत्र गरिएको थियो । सूचना र परिपत्रअनुसार २०६७, १८ मंसिरमा गठन भएको चितवन उच्चमाविको विद्यालय व्यवस्थापन समितिको म्याद २०७० जेठ मसान्तमा नै सकिएको थियो ।
म्याद सकिएपछि जग्गा भाडामा लगाउन २०७० कै २५ असारमा टेन्डरविरुद्ध पुनरावेदन अदालत हेटौँडामा रिट परेका थियो । त्यसको लिखित जवाफको क्रममा  विभागको परिपत्र विद्यालयलाई प्राप्त नभएको लिखित जवाफ पठाएको भन्दै अवहेलना रिट दायर गरेको हो ।

प्रतिक्रिया