रेग्मी र आयोगका पदाधिकारीबीच भेटवार्ता

Baluwatar Pmकाठमाडौं, २ असोज । उच्चस्तरीय राजनीतिक समितिले उम्मेदवारको नाम दर्ताको कार्यतालिका सार्न आग्रह गरे लगत्तै निर्वाचन आयोगले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरेको छ ।
अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा आज (बुधबार) भएको छलफलमा आयोगका पदाधिकारीले समितिले चुनावको कार्यतालिका सार्न गरेको प्रस्तावका बारेमा जानकारी गराएका हुन् । आयोगले कार्यतालिकामा हेरफेर गर्दा आफूहरुलाई काम गर्न कठिनाई हुने जनाएको बुझिएको छ ।
राजनीतिक समितिले मंगलबार आयोगका पदाधिकारीसँग भएको भेटमा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको उम्मेवारी दिने समय सार्न आग्रह गरेका थिए ।

प्रतिक्रिया