चौध भारतीय प्रहरीद्धारा नेपाली भूमिमा छापा

Indian Police Upबर्दिया, २ असोज । भारतीय प्रहरीले गुलरिया नगरपालिका निवासी मञ्जुलकुमार श्रेष्ठको घरमा छापामारेको छ ।
दुई वटा भ्यानमा आएका भारतीय प्रहरीले श्रेष्ठको घरमा आज (बुधबार) छापामारेर गएको पीडित परिवारको भनाई । श्रेष्ठको घर जिल्ला प्रहरी कार्यालय भन्दा झण्डै दुई सय मिटरको नजिकमा पर्छ ।
श्रेष्ठको घरमा भारतीय प्रहरीले छापामार्दा पनि नेपाल प्रहरीले सो विषयमा तत्काल सूचना पाएको थिएन ।
लखीमपुर खिरीका डिएसपी उदयप्रताप सिंहको नेतृत्वमा युपी ३१ जी ००४० र नम्बर नखुलेको अर्को भारतीय नम्बर प्लेटको गाडीमा आएका भारतीय प्रहरीको टोलीले श्रेष्ठको घरमा खानतलासी गरेको हो ।
भारतीय प्रहरीले नेपाल प्रहरीसंग कुनै पनि समन्वय बिना छापामारेको हो ।
आफ्ना प्रहरीको हत्या गरी फरार रहेका भरतीय नागरिक मोना सरदार लुकेर बसेको आशंकामा श्रेष्ठको घरमा खानतलासी गरिएको जनाईएको छ ।
२ वटा गाडीमा ७ जना युनिफर्म र ७ जना सिभिल ड्रेसमा १४ जनाको टोली बर्दिया आएर श्रेष्ठको घरमा खानतलासी गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले भारतीय प्रहरी हत्याका आरोपी सरदारको खोजी गर्ने शिलशिलामा श्रेष्ठको घरमा लुकिबसेकाले पक्राउ गर्न आएको जानकारी दिए । उनले भने, ‘टोलीले नेपालमा आएपछि वा आउनु पूर्व हामीसंग समन्वयय तथा कुनै जानकारी गराएन ।’
बर्दियाका प्रमुख जिल्ला अधिकारी डा.मानबहादुर विकले अन्तर्राष्ट्रिय मान्यता अनुसार अर्को देशमा भारतीय प्रहरी युनिफर्ममा आएर छापा मार्न नपाईने बताए ।
छापा मार्न आएका भारतीय प्रहरीको टोली जिल्ला प्रहरी कार्यालयमा छन् । (फाईल तस्विर)

प्रतिक्रिया