बहिष्कार हुंदैमा चुनाव रोकिंदैन : सिंह

Prakashman-Shingकाठमाडौं, २ असोज । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले कुनै दल विशेषले चुनाव बहिष्कार गर्दैमा मंसिरको चुनाव नसर्ने बताएका छन् ।
ल्हौहपुरुष गणशेमान सिंहको १७ औं स्मृति दिवसका अवसरमा आज (बुधबार) काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले वार्ताको पहल गर्दागर्दै पनि सहमतिमा नआउने दलले बहिष्कार गरे पनि चुनाव रोक्न नसकिने बताए । ‘आन्दोलनरत दलहरुसंग उच्चस्तरीय राजनीतिक समितिले वार्ता र सम्वाद गरिरहेको छ,’ उनले भने, ‘सहमतिमा नआउने दलहरु चुनावमा नअआएपनि मंसिर चारको निर्वाचन हुन्छ ।’
उनले नेकपा माओवादीलाई सहमतिमा ल्याउनकै लागि पटक पटक समितिले वार्ता गरेको बताए । वार्ता हुंदा पनि सहमतिमा नेकपा माओवादी नआएको बताए ।
नेकपा माओवादीले चुनाव बहिष्कार गर्ने चेतावनी दिई रहेका बेला कांग्रेस महामन्त्री सिंहले मंसिर चारको निर्वाचन तोकिएकै समयमा हुने बताएका हुन् ।
यसैबीच, महामन्त्री सिंहले संगठन र जनाधार भएका नेताहरुलाई टिकट दिईने बताए । उनले भने, ‘आन्दोलनमा लागेका र जनाधार भएकाले टिकट पाउंछन् ।’

प्रतिक्रिया