न्युडायमन्ड एकेडेमी विजयी

Mustang-Volleyballकाठमाडौं : मुस्ताङमा जारी ४३औँ क्लब स्तरीय खुला महिला तथा पुरुष भलिबल प्रतियोगिताको मैत्रीपूर्ण खेलमा काठमाडौंको न्यूडायमन्ड एकेडेमीले जित हात पारेको छ । आइतबार भएको खेलमा न्यूडायमन्डले पोखराको ज्ञानुबाबालाई ३–१ ले हरायो । एकदिवसीय प्रतियागितामा न्यूडायमन्डले पहिलो र दोस्रो सेट २५–१३ र २५–२१ ले आफ्नो पक्षमा परेको थियो । तेस्रो सेटमा ज्ञानुबाबाले २५–२० ले जितेपछि खेल रोमाञ्चक बनेको थियो । न्यूडायमन्डले चौथो सेट २५–१६ ले जित्यो । विजेता न्यूडायमन्डले १७ हजार तथा ज्ञानुबाबाले १२ हजार नगद प्राप्त गरे ।
थाक खेलकुद तथा संस्कृति संघद्वारा घासामा सञ्चालन भएको प्रतियोगिताको प्रतिस्पर्धाअन्तर्गत पुरुषतर्फ निर्मल स्पोर्टस् क्लब, लेते र जनहित स्पोर्टस् क्लब, जोमसोमले विजयी सुरुआत गरेका छन् । निर्मल स्पोर्टस् क्लबले धौलागिरि स्पोर्टस् क्लब, कोवाध्रलाई २६–२४,१५–२५,२२–२५,२९–२७ र १७–१५ तथा जनहित स्पोर्टस् क्लबले मिलिजुली मार्फालाई २५–१९,२५–२२ र २५–२३ ले पाखा लगायो । (सौस)

प्रतिक्रिया