अर्जुन दुङमेनको जीवनयात्रा

arjunकाठमाडौं : गीतकार अर्जुन दुङमेनले आफ्नो पहिलो गीति एल्बम ‘जीवनयात्रा’ श्रोता/दर्शकमाझ ल्याएका छन् । कवि तथा गीतकार दिनेश अधिकारीले हालै राजधानीमा आयोजित एक कार्यक्रममा दुङ्मेनको उक्त गीति एल्बमको विमोचन गरे ।
सातवटा गीत संग्रहित एल्बमका गीतमा मनोज साङसोनको एकल संगीत छ । एल्बमका गीतमा उदय सोताङ, मनिला सोताङ, सुरेशकुमार, राजेशपायल राई, अञ्जु पन्त, स्वरूपराज आचार्य, भीषण मुकारुङ, विक्रम राई र साङ्सोन पनि स्वर समेटिएको छ । रिचुअल रिदम प्रालिले एल्बमको बजार व्यवस्थापन गरेको छ । एल्बम विमोचन कार्यक्रममा चारवटा गीतको भिजुअलसमेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा संगीतकार बुलु मुकारुङ, कवि श्रवण मुकारुङ, पत्रकार/कवि नवराज लम्साल, गीतकार गंगाराज मुकारुङलगायतको उपस्थिति थियो ।
यसअघि ‘घुम्तीबीचका पर्खाल’ नामक कथा संग्रह प्रकाशन गरेका दुङ्मेनले ‘ठूलै’ लगानीमा एल्बम तयार पारेको जानकारी दिँदै यसमा आफू पूर्णरूपमा सन्तुष्ट नरहेको संकेत गरे । ‘यो एल्बममा गरेको लगानीबाट त फिल्म नै बनाउने बाटो खुल्ने रहेछ,’ चलचित्र अभिनयसमेत थालेका उनले भने, ‘जे होस् एल्बम विमोचनपछि बाली भित्र्याएर बसेको महसुस भइरहेको छ ।’

प्रतिक्रिया