नेताहरुलाई छानीछानी ठीक पार्ने चेतावनी

Ladaku-Purbaकाठमाडौं, ३१ भदौ । अयोग्य लडाकुहरुको संगठन ‘बहिर्गमित जनमुक्ति सेना नेपाल’ले लडाकुहरुको जीवनमा खेलवाड गर्ने नेताहरुलाई छानीछानी ठीकपार्ने चेतावनी दिएको छ ।
काठमाडौंमा आज (सोमबार) पत्रकार सम्मेलन गरेर संगठनले नेताहरुले अहिले भनिरहेको संविधानसभाको चुनाव नाटक मात्र भएको टिप्पणी गरेको छ । ‘हामीले चुनाव सक्रिय रुपमा बहिष्कार गर्छौं,’ अध्यक्ष लालचन्द्र विकले भने, ‘हामीलाई अयोग्य भन्न लगाउनेहरु संविधान बनाउने कार्यमा अयोग्य भएका छन् ।’
उनले भने, ‘हाम्रो जिन्दगीमाथि खेलवाड गर्ने अयोग्य नेताहरुहरुलाई छानीछानी ठीक पार्छौ ।’ अयोग्य लडाकुहरुले सबै दलका नेताहरुलाई कारबाही गर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा अध्यक्ष विकले शान्ति मन्त्रालयले आफूहरुलाई बारम्बार झुक्याएको आरोप लगाए । ‘अब की सेना सरकारसँग छ,’ उनले भने, ‘की हामीसँग हुनेछन् । यस्तो बेला के हुन्छ विचार गर्नुहोस् ।’
उनले बर्हिगमित जनमुक्ति सेनालाई प्रतिब्यक्ति १० लाख माग गरे । माग पुरा गराउन दवाव मुलक कार्यक्रम गर्ने जनाएका अध्यक्ष विकले भने, ‘हाम्रो आन्दोलनमा बन्द हड्ताल हुने छैन ।’
उनले देशद्रोहीहरुलाई छानीछानी कारबाही गर्ने आन्तरिक तयारी आफूहरु रहेको उल्लेख गरे । (फाईल तस्विर)

प्रतिक्रिया