बालविकास र भ्याली पब्लिकको जित

Basketballकाठमाडौं । बालविकास र भ्यालि पब्लिकले पाँचौँ प्याब्सन अन्तरविद्यालय छात्रा बास्केटलबलमा जित हात पारेका छन् । बूढानीलकण्ठस्थित घरेलु कोर्टमा आइतबार बालविकासले थर्ड आईलाई १७–१४ ले पराजित गर्‍यो । विजेता टिमबाट किरण तामाङले ९ अंक स्कोर गरिन् । त्यस्तै, क्वाटरफाइनल पुगिसकेको भ्याली पब्लिकले समूह ‘सी’को विजेता बन्ने क्रममा दीपज्योतिलाई ४१–६ को भारी अन्तरले हरायो । भ्याली पब्लिकका लागि कृष्टिना थपलिया र सोनी वाइबाले समान १५ स्कोर गरे । आइतबारै अर्को खेलमा सविना फुयाँलको १४ अंक सहयोगमा पारामाउन्टले ज्ञानसिन्धुमाथि १७–१६ को कठिन जित निकाल्यो । अन्य खेलमा एचएचसिए, काठमाडौं इङलिस स्कुल(केइएस) र पृथ्वी विजयी भए । एचएचसीएले न्यू समिटलाई २८–१८ ले हरायो । विजेताकी सुशीला तामाङले १० अंक जोडिन् । केइएसले ज्ञाननिकेतनलाई २७–१२ ले पन्छायो । पृथ्वीले केएमसीलाई २१–१३ ले निराश पार्‍यो । पृथ्वीकी बविता मगरले ९ अंक जोडिन् । साविना फुयाँलको १४ अंक सहयोगमा पारामाउन्टले पनि ज्ञानसिन्धुमाथि १७–१६ को कठिन जित निकाल्यो ।

प्रतिक्रिया