सरा र नङ्शल फाइनलमा

काठमाडौ : नेपाल आर्मी क्लबका दिदीबहिनी सरादेवी तामाङ र नङ्शल तेस्रो लिनिङ पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला सिंगल्समा फाइनलमा प्रवेश गरेका छन् ।
सेमिफाइनलमा सराले आर्मीकै अमिता गिरीलाई २१–१४ र २१–८ तथा नङ्शलले एपीएफकी सविना पन्थीलाई २१–११, १६–२१ र २२–२० ले पराजित गरे ।
पुरुष सिंगल्सतर्फ एपिएफका विकास श्रेष्ठ र आर्मीका रत्नजित तामाङले फाइनलमा स्थान पक्का गरे । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा विकासले आर्मीका दिपेश धामीलाई २४–२२ र २१–९ तथा रत्नजितले एपिएफका साजनकृष्ण ताम्राकारलाई २१–९ र २१–११ को सोझो सेटमा हराए ।

प्रतिक्रिया