प्रहरीको कुटपिटबाट नेविसंघका नेता घाईते

दोलखा, २९ भदौ । प्रहरीले दोलखाका नेविसंघका जिल्ला सदस्य प्रकाश बस्नेतलाई कुटपिट गरेर गम्भीर घाईते बनाएको आफन्तले आरोप लगाएका छन् ।
भीमेश्वर नगरपालिका वडा नम्बर ९, ओलीगाउंका २२ वर्षीय बस्नेतलाई प्रहरीले आज (आइतबार) बिना कारण कुटपिट गरेको आफन्तको आरोप छ ।
बस्नेतलाई प्रहरीले नै कुटपिट गरेर गम्भीर घाइते बनाई भ्यानमा राखेर च्छोरोल्पा अस्पातालमा ल्याएको आफन्तले जनाए ।
गाउंको झगडालाई लिएर मिलाउने उद्देश्यले प्रहरीकोमा पुगेका बस्नेतलाई स्वयं प्रहरीले कुटपिट गरेको जनाईएको छ । बस्नेतलाई थप उपचारका लागि काठमाडौं पठाईएको छ ।

प्रतिक्रिया